Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

समस्या समाधान नभए पढाइ ठप्प पार्ने चेतावनी

पौष १८ सुर्खेत ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्र्तगतका आंगिक क्याम्पसका शिक्षकहरु तथा कर्मचारीहरुले आफ्ना मागहरु पूरा नभए यही माघ ३ गतेदेखि पढानई ठप्प पार्ने चेतावनी दिएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आंगिक क्याम्पस समायोजन संघर्ष समितिका संयोजक शेरबहादुर रायमाझीले यस्तो बताएका हुन् ।


विश्वविद्यालयले तल्काल नियुक्ती दिनु पर्ने सम्पत्तिमा हस्तान्तरण गरी क्याम्पस समायोजनको सम्पूर्ण प्रक्रिया पूरा गरिओस् भन्ने उनीहरुले माग राखेका छन् । १० वटै आंगिक क्याम्पसका शिक्षकहरु शुक्रबारदेखि आफ्नो नियुक्तीको माग राख्दै धर्नामा बस्ने भएका छन् । बुधबार प्रेस विज्ञप्ती जारी गर्दै मध्यपश्चिमाञ्चल विश्व विद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिले विश्वविद्यालयसँग बिहिबार सर्वपक्षीय अन्र्तक्रिया गर्ने बताएको छ । सर्वपक्षीय अन्र्तक्रियाबाट समस्याको समाधान नभएमा संघर्ष समितिले शुक्रबार देखि आन्दोलनमा जाने चेतावनी दिएको हो ।

आफ्नो एकशुत्रीय माग राख्दै संघर्ष समितिले क्याम्पस समायोजनको सम्पुर्ण प्रकृयालाई टुंग्याउदै प्राज्ञिक वातावरणलाई सम्मानपुर्ण बनाउनुपर्ने बताएको छ । विज्ञप्तीमा ‘नेपाल सरकार मन्त्रीपरिषद्ले गरेको निर्णय र उक्त निर्णयलाई कार्यान्वयन गर्न विश्वविद्यालय अनुदान आयोगको पत्रानुसार मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ऐन र पूर्व अभ्यास अनुसार सम्वन्धित क्याम्पसमा कार्यरत २०३ जना प्राध्यापक तथा कर्मचारीहरुलाई तत्काल नियुक्ती दिइयोस् र सम्पत्ती हस्तान्तरण गरी क्याम्पस समायोजनको सम्पुर्ण प्रकृयालाई टुंग्याइयोस् र प्राज्ञिक वातावरणलाई सम्मानपूर्ण बनाईयोस्’, एकशुत्रीय माग राखिएको छ ।

सर्वपक्षीय अन्र्तक्रिया मार्फत माग पुरा नभए विश्वविद्यालयको परिसर अगाडी धर्ना गर्ने संघर्ष समितिका संयोजक शेरबहादुर रायमाझीले बताए । उनले भने, ‘मध्यपश्चिम विश्वविद्यालयले काम चलाउ क्याम्पस प्रमुख नियुक्त गर्दै समायोजन प्रकृयामा प्रवेशै नगरी विद्यार्थी भर्ना र पठनपाठन सुरु भईसकेको छ ।’ दशैवटा क्याम्पसहरुबाट संकलन भएको रकम विश्वविद्यालयको खातामा जम्मा गरिएतापनि हालसम्म पनि शिक्षकहरुले नियुक्ती नपाएका कारण तलव नपाएको बताए ।

आंगिक क्याम्पसहरुमा पठनपाठन सञ्चालन भएको पाँच महिना भईसक्दा पनि शिक्षक कर्मचारीहरुले तलव नपाएकोमा संमितिका संयोजक शेरबहादुर रायमाझीले चिन्ता व्यक्त गरे । हालसम्ममा आंगिक क्याम्पसका सम्वन्धमा मप विश्वविद्यालयको सिनेट (सभा)बाट सम्बन्धित दशवटा आंगिक क्याम्पस बनाउने नीतिगत निर्ण भई नेपाल सरकारबाट बीस करोड रुपैया बजेटको व्यवस्था भईसकेको छ । सम्बन्धित दशवटा आंगिक क्याम्पसकालागि विश्वविद्यालयबाट २०३ दरबन्दी युजीसी बोर्ड बैठकबाट पास भई शिक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयबाट स्वीकृत भई नेपाल सरकार मन्त्री परिषद्बाट निर्ण भइसकेको संघर्ष समितिका संयोजक रायमाझीले जानकारी दिए ।

नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गर्न मप विश्वविद्यालयलाई युजीसीले परिपत्र गरिसकेको, सम्बन्धित दशवटा क्याम्पसलाई आंगिक बनाउने प्रक्रिया अनुरुप मप विश्वविद्यालयको तर्फबाट अर्को व्यवस्था नभएसम्मकालागि क्याम्पस प्रमुख नियुक्ती, प्रवेश परिक्षा गराई विद्यार्थी भर्ना, पठनपाठन सुचारु गर्न परिपत्र समेत भईसकेको रायमाझीले बताए ।

विश्वविद्यालय सभाबाट उक्त क्याम्पसहरुलाई कसरी समायोजन गर्ने भन्ने सम्वन्धमा नितिगत निर्णय समेत भईसकेको र आंगिक बनाउने भनिएका सबै क्याम्पसहरुको त्रिभुवन विश्वविद्यालयबाट सम्वन्ध विच्छेद गराईसकेको उनले जानकारी दिए ।