Loading... आजः ११ आश्विन २०८३, आईतवार । Sunday 27th September 2026

सुर्खेत महिला जेसीजमा नयाँ नेतृत्वको पदभार, ‘अध्यक्षमा कार्की’

पौष २२ सुर्खेत ।

सुर्खेत  महिला जेसीजको पद हस्तान्तरण तथा र पुरस्कार वितरण सम्पन्न कार्यक्रम सम्पन्न भएको छ । शनिवार वीरेन्द्रनगरमा आयोजित एक विषेश समारोहका बिच वर्ष २०१८ की शाखा अध्यक्ष कृति गुभाजु शाक्यले वर्ष २०१९ की नव निर्वाचित अध्यक्ष लक्ष्मी कार्की प्रधान (सिया)लाई चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनु भएको थियो । नव नवनिर्वाचित अध्यक्ष कार्कीले कार्यक्रमलाई सम्वोधन गर्दै युवाहरुको व्यक्तित्व र नेतृत्वको क्षमता अभिबृद्धि गराइ समाजमा सकारात्मक परिवनर्तनको निम्ति सक्षम युवा निर्माण गर्नु नै जेसीजको मुख्य उद्देश्य रहेको भन्दै आफनो प्रथामिक्ता पनि त्यहि रहेको बताउनु भयो ।

अध्यक्ष कार्कीले चुलो र चौकोमै सिमित रहेका महिलाहरूलाई जेसिजको माध्यमबाट एकबद्ध गराउँदै उनिहरुको नेतृत्व र ब्यक्तित्व बिकास गरि नेतृदायी भुकिकामा आवद्ध गराउने दावी समेत गर्नु भयो । अध्यक्ष कार्कीले आफ्नो समितिमा निर्वाचित भएका अन्य पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । शाखाको नवनिर्वाचित कार्यकारिणी उपाध्यक्ष प्रमी शाक्य र रश्मी शाक्य, उपाध्यक्ष लक्ष्मी गुरुङ, पबित्रा गुरुङ, कृष्णा शाही र सुबेक्षा श्रेष्ठ चएन हुनुभएको छ ।

यसैगरी अध्यक्ष कार्कीले महासचिवमा सुमित्रा गौतम कानुनी सल्लाहकारमा लक्ष्मी कार्की, कोषाध्यक्षमा अरुणा बुढाथोकी, तालिम संयोजक निसिता आचार्य र शाखा सम्पादकमा करुणा मल्ललाई चयन गर्नु भएको छ । उहाँहरु सबैलाई सामुहिक सपथ ग्रहण गराइएको थियो । समाज परिवर्तनका लागि जेसीज अभियानमा लागेका युवाहरुले सकारात्मक सोच राखेर अघि बढ्नु पर्ने कुरामा जोड दिँदै अध्यक्ष कार्कीले जेसीजमा सदस्यता प्राप्त गरेका हरेक युवाले आफ्नो क्रियाशिलताको आधारमा पनि आफूमा सकारात्मक परिवर्तन पाउने बताउनु भयो । कार्यक्रम्मा सुर्खेत महिला जेसिजका पुर्व अध्यक्ष जोति कार्की, सुस्मा गिरी, प्रतिमा मलाह वीरेन्द्रनगर जेसिज वर्ष २०१२ का अध्यक्ष भद्र भण्डारि लगाएतको सहभागीता रहको थियो ।