Loading... आजः १९ बैशाख २०८३, शनिबार । Saturday 2nd May 2026
ताजा खबर
  

हिन्दु जन जागरण कार्यक्रम सम्पन्न

माघ २ सुर्खेत ।

राप्रपा सुर्खेत को हिन्दु जनजागरण कार्यक्रम बिरेन्द्रनगर मा भव्य ता का साथ सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतको आयोजनामा भएको जनजागरण कार्यक्रम मा कार्यकर्ता प्रशिक्षण गरिएको हो । हिन्दुत्व जनजागरण कार्यक्रमकालागि कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता प्रेम बि.सी.ले जानकारी दिए । उनले भने, ‘कार्यकर्ताहरुलाई जनतामाझ प्रभावकारी उपस्थितीकालागि हिन्दुत्व जनजागरण प्रशिक्षण दिइएको हो ।’

यसैगरी फागुन ७ गते देखिको पार्टीको कार्यक्रममा कार्यकर्ताहरुको प्रभावकारी उपस्थितीकालागि समेत कार्यकर्ताहरुलाई पशिक्षण दिइएको उनले बताए । कार्यक्रम मा प्रमुख अतिथि प्रदेश अध्यक्ष धन ब. बुढा ले अब देश को बैकल्पिक शक्ति भनेको नै राप्रपा रहेको र देश चाडै नै हिन्दु राष्ट्र घोषणा हुने जानकारी गराए ।

Image may contain: 4 people, indoor

कार्यक्रम मा ५० जना युवाहरू अन्य पार्टी परीत्याग गरि राप्रपा मा प्रवेश गरेका थिए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतका अध्यक्ष मानबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी कर्णली प्रदेशका अध्यक्ष धनबहादुर बुढा, राप्रपा केन्द्रिय सदस्य तुलाराम गिरी,भरत ढकाल लगायतको उपस्थिती रहेको थियो ।