गजल – शम्भु पुडासैनी
बुझेर पनि अबुझ नदेखाउ भो
जाली त्यो तमसुक नदेखाउ भो

कठोर मन पत्थर जस्तो बनाई
बाहिरी कोमल रुप नदेखाउ भो
व्यबहारमा शुन्यता छरपस्ट छ
आदर्श ज्ञानका तुक नदेखाउ भो
तिमी भन्दा विवेकी धेरै छ्न यहाँ
मै आफै जान्ने छु खुब नदेखाउ भो
यौवन र बैसको मात धेरै नै चढाएर
उत्तेजना जुरुक जुरुक नदेखाउ भो।
हाल दक्षिण कोरिया






