Loading... आजः १५ भाद्र २०८३, सोमबार । Monday 31st August 2026

सुर्खेतमा बहुमूल्य रत्नसहित पाँचजना पक्राउ

माघ ५ सुर्खेत

बहुमूल्य रत्नपत्थर स्कार्पियोमा लुकाएर ल्याउँदै गर्दा सुर्खेतका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। राती पत्थर लुकाई ल्याएको अवस्थामा सुर्खेत प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

सुर्खेतमा बहुमूल्य रत्नसहित पाँचजना पक्राउ

स्कारर्पियोमा लुकाइछिपाई ल्याइएको अवस्थामा शुक्रबार मध्यराती एक बजेतिर पत्थरसहित पाँच जनालाई नियन्त्रणमा लिएको थियो। कालिकोटबाट सुर्खेततिर आउँदै गरेको बा १९ च ३५७२ नम्बरको स्कारर्पियोभित्र ल्याइएको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा ११ दशमलत पाँचसय किलोग्राम पत्थर प्रहरीले फेला पारेको छ।

प्रहरी सहायक निरीक्षक विजय पुनको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर–१ बाङ्गेसिमलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर–४ का ४० वर्षी भीमबहादुर सुनार, ३० वर्षीय नवीन कंडेल, २८ वर्षीय सुरेन्द्र शाही, बराहताल गाउँपालिका–८ का २६ वर्षीय भक्तबहादुर पाण्डे र ३२ वर्षीय तेजेन्द्र बस्नेत रहेका छन्। गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामत भएको पत्थर परीक्षणका लागि खानी तथा भूगर्व विभागमा पठाइने प्रहरी जनाएको छ।