Loading... आजः १५ भाद्र २०८३, सोमबार । Monday 31st August 2026

कविता प्रतियोगीतामा प्रविण प्रथम

माघ ५ सुर्खेत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले २८ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजना गरेको कविता प्रतियोगीतामा मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका प्रविण कुमार आचार्य प्रथम हुनु भएको छ । साउथ एसियन स्कुलका सर्वज्ञा आचार्य द्वितीय र जन मावि सुर्खेतका युवराज उपाध्याय तृतीय हुनु भएको छ ।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीको सभापतित्वमा आयोजना गरिएका विभिन्न कार्यक्रमहरु अन्तर्गत वतृत्वकला प्रतियोगीतामा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका आर्दश बिक्रम सिंह प्रथम मुनलाइट बोर्डिङ्ग स्कुल रुकुमका भरत खत्री द्वितीय र अमर ज्योति मावि नेवारेका दिपेन्द्र कुमार बिसी तृतीय हुनु भएको छ ।

कविता प्रतियोगीताका लागि कर्णाली प्रदेशका ५२ जनाबाट १० जना र वतृत्वकला प्रतियोगीताका लागि ३३ जनाबाट ११ जना छनोटको लागि छोटो सूचीमा पर्नुभएको थियो । दुबै प्रतियोगीताका प्रथमहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले टंगाल काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगीताको लागि पठाउने बताइएको छ ।