Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

प्रथम राष्ट्रिय बेटी सम्मेलन उदयपुरमा हुने

माघ ५ सुर्खेत ।
मुलधार महिला सेवा केन्द्रको आयोजनामा यही माघ १८ देखि २० गतेसम्म उदयपुरमा प्रथम राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । आशनमा महिला, भाषणमा महिला र शासनमा महिला भन्ने मुल नाराका साथ आयोजना हुन लागेको प्रथम बेटी सम्मेलनको बारेमा जानकारी दिने उद्देश्यले सातवटै प्रदेशमा संवाद तथा छलफल कार्यक्रम गरेको उक्त संस्थाले सुर्खेतमा समेत छलफल तथा संवाद कार्यक्रम गरेको छ ।


महिला अंकित स्तम्भ निर्माण गर्ने उद्देश्यका साथै महिनावारी हुने महिलाहरुको लागि सरकारीस्तरबाटै निःशुल्क सेनिटरी प्याडको व्यवस्था गर्नु पर्ने मागसहित आयोजना हुन लागेको उक्त बेटी सम्मेलनमा सरकारी तथा गैरसरकारी सबै पक्षको सहभागीता रहने आयोजकले क्वीकखबरलाई जानकारी दिएको छ ।

कर्णाली प्रदेश सभा सदस्य राजु नेपालीले महिला हिंसा कम गर्नु र महिलाको स्वास्थ्यलाई ख्याल गरेर उनीहरुको आवश्यकता अनुसारको व्यवस्था गर्नु राज्यको दायित्व भएको बताउनु भयो । समानता, समावेशी र मानव अधिकारका लागि महिला हिंसा अन्त्यको जरुरी भएको उहाँको भनाई थियो । यसैगरी जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले भन्नुभयो ‘महिला हिंसा कम गर्ने लगायत महिलालाई साँच्चिकै भाषण, आशन र शासनमा पु¥याउनका लागि शैक्षिक जनचेतनाको खाँचो रहेको छ ।’ कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडासदस्य मोति कंडेलले भन्नुभयो, कुनै पनि महिलाहरुले महिनावारीकै कारण अपहेलित हुनु नपरोस् भन्नका लागि महिलाका लागि अनिवार्य प्याडमा सबैको पहुँच पु¥याउन आवश्यक छ ।

जिल्ला समन्वय समिति सुर्खेतको सभाहलमा भएको कार्यक्रममा कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी महेशबिक्रम शाहले भन्नुभयो, महिला शसक्तिकरणका लागि धेरै संघसंस्थाले आवाज उठाउने गरेको भएता पनि महिला स्वास्थ्यका लागि आवाज उठाउने संस्थाहरुको संख्या कमै रहेको छ । त्यसैले महिलाको स्वास्थ्य रक्षा गर्नका लागि श्रम वर्गको स्तरमा रहेका महिलाहरुको बारेमा ध्यान दिनु आवश्यक छ । डिआइजी शाहले थप्नुभयो, कर्णालीमा महिला ंिहसाको अवस्था ज्यादै डरलाग्दो छ । त्यसैले महिला हिंसा कम गर्नका लागि पुरुषहरुलाई पनि सँगसँगै लिएर जान आवश्यक छ । महिला हिंसा अन्त्य गर्न महिला मात्र होइन पुरुषहरु समेत जागरुक हुन आवश्यक भएको उहाँको कथन थियो ।

संस्थाका अध्यक्ष नजबुल खानले उदयपुरमा हुने उक्त बेटी सम्मेलनमा सबैको सहभागीताको लागि अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, आशन, भाषण र शासनमा महिला पु¥याउने र उनीहरुको स्वास्थ्यका लागि सेनिटरी प्याड निःशुल्क हुनु पर्छ भन्ने आवाज बुलंँद गर्दै उदयपुर घोषणा पत्र समेत जारी गरिनेछ । जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देल लगायत जिल्ला समन्वय समितिका सदस्यहरु, जनक सिंह ठकुरी, सन्तोषी शाही, चन्द्रा भण्डारी लगायतको सहभागीता रहेको थियो ।