गजल – मणिकुमार रिमाल
परापुर्व कालमा पहाड पनि सागर थिए
मान्छे साेच्ने गर्छन् केहि त अमर थिए।।

सुध्रिन चाहे मान्छे सुध्रिन सक्ने रहेछ।
असल वालमिकी नै दुष्ट रत्नाकर थिए।।
उतिखेर वाले सके जति पढ भनेकै हुन्।
अाज जागीर खानलाई धेरै अवसर थिए।।
कवि कायर हुन् भन्ने पनि सुनिएकाे छ।
राष्टपति लिङ्कन पनि त कविवर थिए।
यि चाहना एकत्रित छन् तिम्राे संगतपछि।
तिनै चाहना अनेकन थिए वेखबर थिए।।









