राप्रपा ११ नं. मा थापा
माघ १७ सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ मा कार्य समितिको गठन गरेको छ । रामबहादुर थापाको अध्यक्षतामा गठन भएको वडाकार्य समितिको उपाध्यक्षमा रण बहादुर थापा सचिवमा भीमप्रसाद अधिकारी कोषाध्यक्षमा सीता कोइराला र सहसचिवमा भक्त बहादुर थापा र सदस्यहरुमा बालाराम लामीछाने, धन बहादुर रावत, तिलक बहादुर कार्की, शर्मिला सुनार, अम्मर बहादुर मल्ल, बीर बहादुर सुनार, दलबहादुर कोइराला र साउने थारु चयन भएका छन् ।

पार्टीको जिल्ला कार्य समितिका उपाध्यक्ष इश्वर श्रेष्ठ, वीरेन्द्रनगर नगर कार्य समितिका पदाधिकारीहरु समेतको उपस्थिति रहेको राप्रपा जिल्ला कार्य समिति सुर्खेतले जनाएको छ । पछिल्लो समयमा राप्रपा सुर्खेतले विभिन्न नगर तथा गाउँ पालिकाहरुमा संगठन विस्तार गरिहेको छ ।







