७८ बर्षको उमेरमा बीएस राणाको निधन
माघ १९ काठमाडौँ |
नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् । राणाको केही समयदेखि बिरामी थिए ।

राणाको ७८ बर्षको उमेरमा निधन भएको हो । उपचारको क्रममा उनको मुटुमा पनि समस्या देखिएको थियो । उनले अभिनय गरेको पहिलो चलचित्र ‘अन्याय’ हो । वि.सं २०४१ सालमा बनेको यो चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले सय भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले केही टेलिसिरयलमा पनि अभिनय गरेका थिए ।
उनको आजै पशुपति आर्यघाटमा दाहासंकार गरिने वुझिएको छ ।
अनलाइन खबर






