Loading... आजः १४ भाद्र २०८३, आईतवार । Sunday 30th August 2026

सुर्खेतमा मुख्यमन्त्री रनिङ शिल्ड सञ्चालन हुने

माघ २३ सुर्खेत |

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मुख्यमन्त्री रनिङ शिल्ड सञ्चालन हुने भएको छ । जसमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुनेछ ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री रनिङ शिल्ड

सामाजिक विकास मन्त्रालयको आयोजनामा हुने उक्त कार्यक्रमका लागि सरकारले खेलकुदमा विनियोजन गरेको ५० लाख रुपैयाँ खर्च हुने सामाजिक विकास मन्त्रालयका सचिव तथा खेलकुद व्यवस्थापन समितिका संयोजक डा. मानबहादुर बिकले जानकारी दिए ।

कर्णाली प्रदेशमा भलिवल खेलको राम्रो संभावना भएकोले उक्त खेललाई प्राथमिकता दिइएको उनले बताए । प्रतियोगितामा प्रदेशभरका महिला तथा पुरुष खेलाडी गरी जम्मा २ सय ३० जनाको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई रनिङ शिल्ड तथा महिला र पुरुषतर्फ एक एक लाख रुपैयाँ, द्वितीय हुने टिमलाई कप र ७५ हजार रुपैयाँ र तृतीय हुनेलाई कप र ५० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको खेलकुद व्यवस्थापन समितिका सदस्य तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई कप र नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिता आगामी फागुन १ देखी ४ गते सम्म हुने तथा प्रत्येक बर्ष यसलाई निरन्तरता दिइने पनि मन्त्रालयले जनाएको छ ।