सभापति महरले दिए राजीनामा
काठमाडौं ।
पटक–पटक म्याद थपिएका नेविसंघका सभापति नैनसिंह महरले राजीनामा दिनुभएको छ ।

पार्टीले अर्को निर्णय नहुन्जेलसम्मका लागि निरन्तरता दिने बताएतापनि कुनै जानकारी नआउँदा राजीनामा दिएको महरको भनाइ छ । सानेपास्थित कार्यालयमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकमा नेविसंघकैबारे छलफल हुने नेताहरुले बताएका छन् ।
नेविसंघको १२ औं महाधिवेशन निर्धा्रित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आएको थियो । त्यसैले गत २७ पुसमै महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले राजीनामा दिएका थिए ।






