Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

बालशिक्षा भवनका लागि जयन्तीले दिइन २५ हजार

सुर्खेत, २८ माघ ।
कैलालीको मोहन्याल गाउँपालिकाको कचालीमा रहेको बालशिक्षा सदनलाई उनले २५ हजार रुपैया सहयोग गरेकी छिन | अमेरिकामा रहेकी युवा समाजसेवी जयन्ती थापाले कैलालीको एउटा बाल शिक्षा सदनलाई आर्थिक सहयोग गरेकी छन् ।


४० जना बालबालिका पढने बालशिक्षा सदनलाई सरस्वती पुजाको अवसर पारेर थापाले सहयोग गरेको अर्जुन भुषालले बताए । जयन्तीले दिएको रकम भवन निर्माणमा खर्च हुनेछ ।

राम्रो भवन नहुँदा पढन बालबालिकाहरु भूइमा बसेर पढिरहेको थाहाँ पाएपछि उनले सहयोग गरेकी हुन । सामाजिक संजालबाट बालबालिका पढने बाल शिक्षा सदनको दुरावस्था देखिपछि सहयोग गरेको थापाले बताइन ।


अमेरिकामा रहेर पनि उनले दुखमा परेका नेपालीलाई सहयोग गदै आएकी छन् । सानैदेखि समाजसेवामा सक्रिय उनले महिनामा झण्डै एक लाख रुपैया सामाजिक कार्यमा खर्च गदै आएकी छन् ।  उनले कर्णाली प्रदेशका विभिन्न विद्यालयमा २० जना विपन्न तथा असहाय बालबालिकालाई पढाई रहेकी छन् ।