Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

मिडियाप्रति सरकार सकारात्मक छ : मन्त्री बाँस्कोटा

फागुन १ सुर्खेत ।

सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल सरकार मिडियाप्रति सकारात्मक भएको बताउनु भएको छ । मिडियालाई कमजोर बनाउने सरकारको उद्देश्य नरहेको बताउँदै उहाँले मिडिया सरकारको सच्चा प्रतिपक्षको रुपमा उभिने भएकोले पनि सरकार मिडिया प्रति सकारात्मक रहेको बताउनु भएको हो । आज (बुधबार) कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले यस्तो बताउनु भएको हो ।

सरकारले सञ्चार माध्यामबाट सुचनामात्र नसुनेर त्यसमा कामगर्ने मानिसहरुको समेत कुरा सुनेर अघि बढ्ने बताउनु भयो । सरकारले सबै क्षेत्रका मिडियाहरुलाई समान व्यवहार गरेको बताउदै उहाँले मिडिया क्षेत्रहरुमा कुनैपनि किसिमकोे प्रदुषणको राजनिति गर्न नहुने बताउनु भएको हो ।

सरकारले सबै क्षेत्रका मिडियालाई समेटेर मिडिया काउन्सिल एक्ट ल्याउन लागेको समेत उहाँले बताउनु भयो । उहाँले नयाँ आउने मिडिया काउन्सिलले सातै वटा प्रदेशको प्रतिनिधित्व हुने बताउनु भयो । सरकारले पत्रकारिताका चारवटै वुधाहरु समेटेर एउटा छाताऐन ल्याउन लागेको बताउनु भयो ।

रेडियोको सन्दर्भमा सय वार्ट स्थानिय तहले चलाउन पाउने र हजार वार्ट सम्मको प्रदेशले पनि चलाउन पाउने र तिनको सबै काम उसै क्षेत्रमा हुने बताउनुभयो । देशमा भएका परिवर्तनमा सबैको योगदान भएकाले अबको यात्रामा पनि सबै क्षेत्रका मानिसहरु मिलेर अघि बढ्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई अहिले सम्पूर्ण क्षेत्रको साथ सहयोग आवश्यक भएको बताउनु भयो ।

समानता र सुशासन प्रवद्र्धनका लागि सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका नेता योगेश भटराई, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले आफ्नो धारणा राख्नु भएको थियो ।

तिन दिन सम्म सञ्चालन हुने सम्मेलनमा सामुदायिक रेडियो प्रसारक संघ, नेपालका अध्यक्ष सुवास खतिवडा, सुर्खेत जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सदस्य धुव्रकुमार शाही, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री हृदयराम थानि, नेपाल पत्रकार महासंघ सचिव रेम विश्वकर्मा लगायत देशै भरको सामुदायिक रेडियोका सञ्चारकर्मीहरु सहभागिता रहेको थियो ।