कर्णाली महोत्सव २०७५ उद्धघाट्न
फागुन ४, सुर्खेत ।
हिजो (शुक्रवार) देखि शुरु हुने भनिएको कर्णाली महोत्सव मौसमको प्रतिकुलताका कारण आज शनिबार उद्धघाट्न भएको छ ।
कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले महोत्सव को उद्धघाट्न गरेका हुन । मौसम प्रतिकुल भएका कारण महोत्सव स्थल हिलाम्य भइरहेको छ ।
कर्णाली महोत्सव फागुन ११ गते सम्म चल्ने छ । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य दिँदै आयोजक संस्थाका अध्यक्ष चिन्तामणी शर्माले कर्णाली प्रदेश समक्ष ११ बुँदे माग पत्र प्रस्तुत गरेका थिए । छन् । उनले यस प्रदेशको पर्यटन प्रवद्र्धन लगायतका विकासका लागि प्रदेश सरकारले खेल्नु पर्ने भूमिका खेल्नु पर्ने बताउँदै यस महोत्सवले रारा पर्यटन वर्षलाई समेत सघाउन पुग्ने बताए ।
महोत्सवमा आज गायिका पुर्णकला बिसि, हास्य कलाकार राजा राजेन्द्र लगायतले आफ्नो प्रस्तुती दिने सांस्कृतिक संयोजक भिम पौडेलले बताए । उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सरकार मन्त्री, उद्योगी, व्यावसायी लगायतको उपस्थिति रहेको थियो ।




















