Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

एक दिने थोक लघुकर्जा सम्बन्धी कार्यशाला गोष्ठि सुरु

फागुन ११ सुर्खेत ।
कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन (पहल) सम्बन्धी एक दिने थोक लघुकर्जा सम्बन्धी कार्यशाला गोष्ठि कार्यक्रम सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ ।


सुन्दर नेपाल संस्थाको अगुवाईमा साविकको मध्यपश्चिमका ७ वटा जिल्लाहरु दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठान र सुर्खेतमा अवस्थित सहकारी संस्थाहरुको उपस्थितिमा उक्त गोष्ठी कार्यक्रम भएको हो ।

गोष्ठीमा बोल्दै सुन्दर नेपाल संस्था सुर्खेतका अध्यक्ष हेमप्रकाश भूसालले निश्वार्थ भावनाले लागे कुनै पनि संघ संस्थाहरु राम्रो संग अघि बढ्ने बताउनु भयो । उहाँले सरकारले दिने ऋिण उत्पादन मुलक क्षेत्रहरुमा लगाउनुपर्ने बताउनु भयो । सुन्दर नेपाल संस्थाले गरेका विभिन्न कामहरुका बारेमा चर्चा गर्दै उहाँले कुनै पनि संघ संस्थाहरु सञ्चालन गर्दा खेरि कुनै स्पष्ट उद्देश्यका साथ अघि बढ्नुपर्ने बताउनु भयो । देशमा भएका विभिन्न किसिमका संघ संस्थाहरु क्रियाशिल भएर लागेको अवस्थामा देश समृृद्ध हुने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैकका प्रतिनिधि नारायण पोखरेलले गोष्ठीमा सहुलियत कर्जा दिने, कर्जाको महात्व, कर्जाको सिमा,उत्पादन लगायतका कुराहरुको बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा ७ जिल्लाका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गोष्ठीको उद्घाटन कार्यक्रम सिपी शर्माले संचालन गर्नुभएको थियो ।