Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

हेलिकोप्टरमा सवार सबैको निधन

फागुन १५ काठमाडौं ।
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ७  जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा ७  जनाको शव भेटिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिएका छन् । दुर्घटना भएको स्थानमा अहिले पनि आगो बलिरहेको बताइएको छ । शवको पहिचान हुन सकेको छैन । शवहरु कुनै आधा त कुनै पूरा जलेको छन् । जलेका शवहरु निकाल्ने कार्य भइरहेको बताइएको छ । यद्यपी शवहरुको पहिचा अवस्थामा भएकोले पहिचान गर्न समस्या भएको बताइएको छ । अहिले त्यहाँको मौसम प्रतिकूल रहेको छ ।

यता सिंहदरबारमा मन्त्री परिषद बैठक बसिरहेको बताइएको छ ।