को को परे हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउने ? शव काठमाडौ ल्याउने तयारी
फागुन १५ काठमाडौं ।
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरेका छन् ।
पर्यटन मन्त्री रविन्द्र अधिकारी, प्रधानमन्त्रीका मन्त्रीका स्वकीय सचिव युवराज दाहाल, आङछिरिङ शेर्पा, प्रवक्ता वीरेन्द्र श्रेष्ठ, अर्जुनकुमार घिमिरे, प्रभाकर केसी र धु्रव भोछिभोया निधन भएको छ ।

घटनाको कारण के हो भन्ने बारेमा यसै भन्न नसकिने बताइएको छ । सबै जलेर नष्ट भएको छ । मौसम केही सफा हुने बित्तिकै शवहरु लिनका लागि ताप्लेजुङ विमानस्थानमा हेलिकोप्टर तयार गरेर राखिएको छ ।
तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
घटनास्थलमा रहेका स्थानीयबासीका अनुसार हेलिकोप्टर टुक्राटुक्रा भएको छ र आगो बलिरहेको छ । कालिका होटल सन्चालक सुरज भट्टराईका अनुसार ‘हेलिकोप्टर टुक्राटुक्रा भएर जलेको रहेछ । अहिले पनि आगो बलिरहेको छ ।







