Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

पर्यटन मन्त्री अधिकारीका आमाबुबा नै बेहोस् : अस्पताल लगियो

फागुन १५ पोखरा ।

छोरा पर्यटन मन्त्रि रबिन्द्र अधिकारीको दुर्घटनामा निधन भएको खबर पाएपछि उहाँका बुबा इन्द्र प्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारी बेहोस् हुनु भएको छ । मन्त्री अधिकारीका आमाबुबा बेहोस् भएपछि अस्पताल लगिएको छ ।


यद्यपी उहाँहरुलाई काठमाडौ ल्याउने तयारी भइरहेको छ । उहाँहरुलाई काठमाडौं ल्याउनका लागि हेलिकोप्टर समेत तयारी अवस्थामा राखिएको जनाइएको छ ।

यतिबेला मन्त्री अधिकारीको घर पोखराको मालेपाटनमा आफन्त तथा कार्यकर्ताहरुको समेत ठूलो भीड लागेको छ । त्यहाँ उपस्थित सबै जना स्तब्ध भएका छन् ।

यता गृहमन्त्रालयले पत्रकार सम्मेलन गरेर दुर्घटनाको बारेमा जानकारी दिएको छ । हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गुमाएकाहरु सबैको शव काठमाडौं ल्याउने तयारी भइरहेपनि मौसम प्रतिकूलताका कारण अझै डेढ दुई घण्टा लाग्ने गृहमन्त्रालयले जानकारी दिएको छ ।