गुरुकूलको तेस्रो वार्षिकोत्सव
फागुन १७ सुर्खेत ।
वीरेन्द्रनगर ७ इत्राममा रहेको गुरुकूल मन्टेश्वरी एण्ड एजुकेशन फाउण्डेशनले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ ।
तेस्रो वार्षिकोत्सवको अवसरमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदीले प्रमुख अतिथिको आशनबाट शुभकामना मन्तव्य दिँदै भने, ‘बच्चाहरुलाई कसरी सिकाउनु पर्छ भन्ने कुराको राम्रो ज्ञान भएमा मात्र उनीहरुलाई खुसी बनाएर सिकाउन सकिन्छ । जुन गुरुकूल मन्टेश्वरीले प्रयोगात्मक रुपमा बच्चालाई सिकाएको आजको वार्षिकोत्सव बच्चाहरुले गरेको प्रस्तुतिकरणले स्पष्ट पारेको छ ।’

वार्षिकोत्सव कार्यक्रममा मन्टेश्वरीका बालबालिकाहरुले विभिन्न नृत्य तथा प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । वीरेन्द्रनगर ७ इत्राममा रहेको उक्त मन्टेश्वरीले बच्चाहरुलाई पढाउने मात्र भन्दा पनि उनीहरुको शारीरिक र मानसिक विकासका लागि काम गरिरहेको स्पष्ट देखिन्छ । ३ वर्षदेखि ६ वर्ष उमेर समूहका बालबालिकाले स्तरीय नृत्य प्रस्तुत गर्नुले पनि त्यसलाई पुष्टि गर्दछ ।

मन्टेश्वरीको वार्षिकोत्सव कार्यक्रममा अभिभावक, मन्टेश्वरी एशोसियसनका अध्यक्ष प्रतिमा मल्लाह लगायत शिक्षा क्षेत्रमा कार्य गर्ने विभिन्न व्यक्तित्वहरुको सहभागीता रहेको थियो । वार्षिकोत्सव कार्यक्रम गुरुकूल मण्टेश्वरीका फाउण्डर जीवन चन्दको अध्यक्षतामा भएको थियो ।











