राप्रपा (संयुक्त)ले गर्यो प्रदेश नं २ मा भेला
काठमाडौँ
राप्रपा(संयुक्त)ले प्रदेश नं २ अन्तरर्गत शुक्रबार विरगञ्जको लायन्स क्लवको हलमा वारा, पर्सा र रौतहटको भेला गरेको छ ।
सो भेलालाई पार्टीका अध्यक्षद्वय पशुपति शमशेर जवरा र डा. प्रकाशचन्द्र लोहनी लगायत केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् ।

अध्यक्ष लोहनीले सम्बोधनको क्रममा सिके राउतको निर्णयलाई स्वागत गर्दै सबै नेपाली मिलेर देशमा रहेको विभेद र असमानता हटाउन प्रतिवद्ध भएर अघि बढ्न अनुरोध गरे । सरकार विचौलिया नियन्त्रण गर्न नसक्ने भए कुर्सीमा बसेको औचित्य नरहेको उनले थपे । नेपालको पहिचान सनातन हिन्दूराष्ट्रको रुपमा स्थापित गरियोस र राष्ट्रप्रमुखमा राजसंस्था कायम गरियोस भनी आन्दोलनको तयारी गरेको अध्यक्ष डा.लोहनीले खुलाशा गरे ।
अर्का अध्यक्ष राणाले सिहंदरवारको अधिकारको नाममा जनताको घरदैलोमा करको भार पुर्याएको र भ्रष्टाचारले देशको स्थिति खस्काएको आरोप लगाए ।
यसविरुद्ध संघर्ष गर्ने अठोट गर्दै विचार नीति र सिद्धान्त मिल्ने सबै दल,व्यक्ति वा समूहसँग आफूहरू एकता गर्न तयार रहेको उनले बताए ।
आउदो जेठवाट आन्दोलनको आँधीबेहरी ल्याउनलाई कार्यकर्ता तयारीरहनसमेत निर्देशन दिए ।






