Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

संरचनागत हिसाबले धेरै परिवर्तन आएको छ : रावल

यहि फागुन २४ गते देखि २८ गते सम्म कर्णालीमा पहिलो पटक क्यान इन्फोटेक २०७५ हुन लागिरहेको छ । कम्प्युटर एशोसियसन नेपाल (क्यान महासंघ) शाखा सुर्खेतले आयोजना गर्न लागिएको उक्त इन्फोटेकमा विभिन्न किसिमका प्रविधिहरुको प्रदर्शन हुने बताइएको छ । यसै सन्दर्भमा क्यान महासंघ शाखा सुर्खेतका संस्थापक अध्यक्ष राम किशोर रावलसंग बसन्त भण्डारीले गरेको कुराकानी ।

१) स्थापना हुँदाको क्यान र अहिलेको क्यान महासंघमा के फरक छ ?
पहिला क्यान के हो भनेर साथीहरुलाई बुझाउनै गाह्रो भएपनि अहिले आएर त्यस्तो समस्या छैन । व्यवसायी साथीहरुले क्यान के हो के गर्छ सबैमा जानकारी छ । क्यान एउटा नाफारहित संस्था हो जसको मूल उद्देश्य राज्यसंग मिलेर सूचना प्रविधिलाई आम सर्वसाधारणको पहुँचमा पु¥याउने सहयोगीको भूमिका खेल्ने हो । त्यसैले पहिलाको क्यान र अहिलेको क्यानमा उद्देश्यको हिसाब मैले खासै फरक मान्दिन तर संरचनागत हिसाबले धेरै परिवर्तन आएको छ । पहिला जिल्लाले अधिकारका लागि केन्द्रसंग लडियो फलस्वरुप अहिले आएर जिल्ला र प्रदेशमा नयाँ संरचना बनेसंगै अधिकारहरुपनि पाएको छ, पहिलाको तुलनामा । जिल्ला धेरै बलियो भएको छ अधिकारका हिसाबले ।

Image may contain: Ram Kishor Rawal

२) कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदेश स्तरिय क्यान इन्फोटक सञ्चालन हँुदै छ । तपाईलाई कस्तो लागिरहेको छ ?
यसमा म अत्यन्त खुसी छु । जुन सोचले हामी साथीहरुले क्यान सुर्खेत गठन गरेको थियौँ त्यो विस्तारै गति लिदै छ । हामीले २ वटा इन्फोटेक (सुण्डे क्यान इन्फोटेक र केठ क्यान इन्फोटेक) त्यसबेला सुर्खेत उद्योग वाणिज्य संघसित मिलेर संचालन गरेकोमा आज आएर स्वयम् क्यान महासंघ, सुर्खेतले आफै एकल तरिकाले सबैको सहयोग लिएर इन्फोटेक गर्न लागेकोमा एकदमै खुसी लागेको छ । साथै केन्द्रमा रहेका व्यवसायी साथीहरुले पनि कर्णाली प्रदेशको राजधानीमा हुन लागेको क्यान इन्फोटेकमा दिनुभएको चासो र सहयोगले पनि सुर्खेतको सूचना प्रविधिमा भविष्य राम्रो हुन्छ भने महसुस गराएको छ ।

३) यसले कर्णाली प्रदेशको आईटी क्षेत्रमा कस्तो प्रभाव पर्ने देख्नुहुन्छ ?
यसले पक्कै पनि सकारात्मक प्रभाव पार्छ नै । नयाँ नयाँ नविनतम प्रविधिहरु भित्राएर प्रदर्शन गर्ने क्यान इन्फोटेकले हेर्नका साथै चलाउन पाइने भएकाले पनि प्रदेशका आम जनताले सूचना प्रविधिको नविनतम जानकारी लिन सजिलो हुने छ । कर्णाली प्रदेशको सुचना तथा सञ्चारको क्षेत्रमा यसले राम्रो प्रभाव पार्ने देखिन्छ । साथै यसले कर्णालीमा नयाँ नयाँ विभिन्न प्रविधिहरु पनि भित्र्याउन सहयोग गर्ने देखिन्छ ।

४) क्यान इन्फोटेकमा संस्थापक अध्यक्षको हैसियतले तपाईको भुमिका के रहन्छ ?
मेरो भूमिका मनिटरिंगको रहेको नै छ । अघिल्लो संस्करणभन्दा यस पटकको क्यान इन्फोटेकलाई कसरी नविनतम र सफल बनाउने भन्ने नै रहेको छ । क्यानका कार्यसमितिका साथीहरुलाई कसरी क्यानलाई सफल बनाउन सकिन्छ भन्ने कुरामा छलफल गरेर सकारात्मक दिशा निर्देश गर्ने, क्यान इन्फोटेकलाई आर्थिक रुपमा व्यवस्थापन गर्ने कार्यमा पनि साथीहरुलाई सुझाव सल्लाह दिने गरेको छु । इन्फोटेक सन्चालनका लागि आवश्यक स्पोन्सरको खोजी गर्ने । त्यस क्रममा मैले भिस्टा सिसिटिभीलाई एसोसियट स्पोनसर बनाउन सफल भएको छु । साथै अन्य स्टलहरुपनि बुकिंग गराउने लगायत अन्य विभिन्न कामहरु मैले गर्दै आएको छु ।

५) कर्णाली प्रदेश विकट प्रदेशको रुपमा पनि चिनिन्छ । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशलाई डिजिटल प्रदेशको रुपमा विकास गर्ने उद्देश्य राखेको छ । यो समयमा इन्फोटेकले प्रविधिको विकासमा कस्तो प्रभाव पार्छ ?
कर्णाली प्रदेश आपैmमा विकट प्रदेश होइन । अर्काको भर पर्ने बानीकोे कारण अरुले खेल्न मात्र पाएका हुन । भौगोलिक विगटता त नेपालको प्राय सबै ठाउँमा छ । यो विकटतालाई कम गर्न राजनीतिज्ञ र जनस्तरको सहभागिताले मात्र सम्भव हुने हो । यो सहभागितालाई जोड्ने माध्यम भनेकै प्रविधि बन्न पुग्छ । उदाहरणको लागि अहिले कर्णालीको सबै जसो सरकारी कार्यालय तथा विद्यालयहरुमा जडान गरिएको डिजिटल हाजिरी प्रविधि प्रयोगमा आइसकेको छ । जसलाई केन्द्रबाट मोनिटरिंग समेत गर्न सकिन्छ । कार्यालयहरुको कार्य सम्पादन गर्नपनि सहज भएको छ । साथै प्रविधिमा पनि इन्टरनेटको प्रयोग गरि नयाँ नयाँ योजनाहरु बनाई त्यसलाई त्तकाल नै कार्यान्वयन गर्न सहज भएको छ । रोबोटले खेती गर्न त सम्भव नहोला तर मौसम अनुसार कसरी खेती गर्ने भन्ने शिक्षा इन्टरनेटबाट पाइन्छ । यि र यस्तै प्रविधिको उपयोग गर्ने शिक्षा दिई कार्यान्वयन गर्न प्रदेश सरकारलाई सहयोग गर्न चाहन्छौ ।

६) आगामि दिनहरुमा क्यान महासंघ कस्तो होस् र के कस्ता कामहरु गरोस् जस्तो लाग्छ ?
क्यान महासंघले प्रदेश सरकारसंग मिलेर कसरी कर्णालीलाई डिजिटलाइज्ट गर्न सकिन्छ । त्यसमा हातेमालो गरोस भन्ने चाहन्छु । क्यानले सूचना प्रविधिलाई कसरी सकारात्मरुपमा प्रयोग गर्न सकिन्छ । भन्ने बारेमा बेला बेलामा विद्यालयहरुमा समेत त्यसको जानकारी विद्यालयस्तरबाट नै गरोस् । साथै स्थान अनुसारको प्रविधि प्रयोग गर्न लगाई विभिन्न क्षेत्रहरुमा प्रविधिक सहयोग गरोस भन्ने चाहन्छु ।

७) अन्त्यमा…
क्यान महासंघ सुर्खेतले गर्न लागेको प्रदेश स्तरिय सूचना प्रविधि मेलाको सफलताको शुभकामना दिन चाहन्छु । साथै विगतमा भएका कमि कमजोरीबाट पाठ सिकेर नयाँ तरिकाले क्यानलाई कसरी हुन्छ प्रदेशको पहिचान बनाउन सकोस भन्ने शुभकामना दिन चाहन्छु ।