Loading... आजः ७ भाद्र २०८३, आईतवार । Sunday 23rd August 2026

कर्णाली प्रदेश स्तरीय पुरुष भलिवलमा रुकुम पश्चिम प्रथम

फागुन २६ सुर्खेत |

आठौं राष्ट्रिय खेलकुदका लागि छनौट अन्तरगत कर्णाली प्रदेश स्तरीय पुरुष भलिवलमा रुकुम पश्चिम प्रथम भएको छ। आज सल्यानमा भएको फाइनलमा रुकुमले सुर्खेतलाई ३–शुन्यको सोझो सेटमा पराजित गदै प्रथम स्थान हासिल गर्न सफल भएको हो।

लिग चरणका खेलमा हुम्ला, डोल्पा र क्वाटर फाइनलमा जाजरकोटलाई पछि पारेको सुर्खेत सेमिफाइनल सल्याललार्इ पराजित गर्दै फार्इनल पुगेको थियो। लगातार जित हातपार्दै फार्इनल पुगेको सुर्खेत अन्तिममा रुकुमसंग पराजित हुदै दोस्रो स्थानमा चित बुझाउन बाध्य भएको हो । यस अघि सुर्खेतको बीरेन्द्रनगरमा भएको मुख्यमन्त्री कपमा पनि रुकुमले सुर्खेतलार्इ ३ शुन्यकै सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो। यस्तै प्रतियोगातमा सल्यानले तृतिय स्थान हात पारेको छ।

पहिलो पटक आयोजना भएको प्रदेशस्तरिय भलिवल प्रतियोगितामा कर्णाली प्रदेशका दश वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो। यस्तै अघि जाजरकोटमा भएको महिला तर्फको भलिवलमा सुर्खेतले प्रथम स्थान हासिल गर्न सफल भएको थियो। आठौं राष्ट्रिय खेलकुदमा सहभागि हुनका लागि १२ जना उत्कृष्ट महिला खेलाडीहरु छनोट गर्न खेल आयोजना गरिएको हो।