Loading... आजः १६ चैत्र २०८०, शुक्रबार । Friday 29th March 2024

प्याब्सन अध्यक्षमा पुरी

फागुन २९  काठमाडौं ।

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ ।

प्याब्सनको नयाँ नेतृत्वमा दाबी गर्दै टीकाराम पुरी र डीके ढुङ्गानाको समूहले मनोनय दर्ता गराएका थिए ।

तर, मनोनयन दर्तापछि पूर्वअध्यक्षहरुको पहलमा सहमति कायम गरिएको छ । पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरीलाई अध्यक्ष र ढुङ्गानालाई सहअध्यक्ष हुने गरी समझदारी भएको प्याब्सनले जनाएको छ । सहमति जुटेपछि त्यसलाई हलमा प्रस्तुत गर्ने तयारी भइरहेको छ ।

त्यस्तै, विधानमा नभएको सहअध्यक्ष र केही पद थपघट गर्ने सहमति पनि दुई पक्षबीच बनेको छ । सहमति पारित भएमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानियाँ र महासचिवमा कुमार घिमिरे रहनेछन् ।

पूर्वअध्यक्ष लक्षबहादुर केसीका अनुसार अहिले बिहान ९ बजेसम्म पूर्ण सहमति गरेर ११ः३० बजे सहमतिको घोषणा गर्ने गरी तयारी भएको छ ।

कूल दुई हजार ४३८ प्रतिनिधि सहभागी सम्मेलनमा आज निर्वाचनको कार्यक्रम तय गरिएको थियो । महाधिवेशनको मङ्गलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका थिए ।