प्रदेशस्तरीय भेलाको तयारी तिब्र
फागुन ३० सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले यही चैत्र ४ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने कर्णाली प्रदेशस्तरीय भेलाको तयारी तिब्र पारेको जनाएको छ । प्रदेशस्तरीय अगुवा नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रमका साथै पार्टी एकिकरण पश्चातको एकताको सन्देश दिने उद्देश्यले प्रदेशस्तरीय भेलाको आयोजना गरेको पार्टीका केन्द्रिय सदस्य कविराम पुरीले जानकारी दिनुभयो । पुरीका अनुसार प्रशिक्षण कार्यक्रम घण्टाघरस्थित भ्याली भ्यू कटेजको हलमा हुनेछ ।

प्रशिक्षण कार्यक्रममा अध्यक्षद्वय पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनी आउने कार्यक्रम रहेको बताइएको छ । यही चैत्र ४ गते हुने प्रदेशस्तरीय भेलामा कर्णाली प्रदेशका १० जिल्लाका पार्टीका नेता तथा अगुवा कार्यकर्ताहरुको सहभागीता हुने राप्रपा (संयुक्त) सुर्खेत जिल्ला कार्यसमितिले जनाएको छ ।
राप्रपा (संयुक्त) ले राजसंस्थासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र स्थापनाका बारेमा पार्टीको स्पष्ट धारणा कार्यकर्ताहरु समक्ष पु¥याएर संगठन सुदृढिकरण गर्दै अघि बढ्ने योजना अनुरुप सातवटै प्रदेशहरुमा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय अनुसार पार्टी अध्यक्षद्वय नै सुर्खेत आउन लाग्नु भएको हो । प्रशिक्षण कार्यक्रममा पार्टीका अन्य केन्द्रिय नेताहरुको समेत सहभागीता रहने बताइएको छ ।






