Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

गिरफ्तार गरिएका पत्रकारका आफन्तलाई भेटघाटमा रोक

कालीवहादुर मल्ल,
कालिकोट।
जिल्ला प्रहरी कार्यालय कालिकोटद्धारा रेडियोको कार्यकक्षबाट गिरफ्तार गरिएका पत्रकार कर्ण विश्वकर्मालाई उनका परिवार, आफन्तलाई प्रहरीले भेटघाटमा रोक लगाएको छ ।

बिहीबार गिरफ्तारमा परेका रास्कोट नगरपालिका–८ निवासी रेडियो नयाँ कर्णालीमा कार्यरत २७ वर्षीय पत्रकार कर्ण विश्वकर्माको अनुसन्धान भइरहेको भन्दै प्रहरीले परिवार र आफन्तलाई भेटघाटमा रोक लगाएको हो ।

विप्लव नेतृत्वको नेकपामा आस्था राखेको आरोपमा पत्रकार विश्वकर्मा र तिलागुफा नपा— ६ का भरत शाहीलाई गिरफतार गरिए पनि प्रहरीले सार्वजिक अभद्र व्यवाहार सम्वन्धि मुद्दा दर्ता गरेको छ ।

गिरफ्तार गरि हिरासतमा राखेका आफ्ना दाजुलाई भेटन नपाए र जिल्ला प्रहरी कार्यालयको गेटवाटै फिर्ता गरिएको पत्रकार विश्वकर्माका बहिनी कोपिला विश्वकर्माले गुनासो गरिन । जिल्ला प्रहरीले भेटघाटमा बन्देज लगाएको हो ।

गिरफ्तार गरेको २४ घण्टाभित्र अदलत समक्ष पेस गर्नु पर्ने भएपनि पत्रकार विश्वकर्मालाई र शाहीलाई प्रहरीले आलत पुगाएको छैन ।

पक्राउ परेका पत्रकारलाई अनुसन्धानको तथा सोधपुछ हुन वाँकी रहेकाले आफन्तले भेट्न नमिल्ने कालिकोटका प्रहरी प्रमुख डिएस्पी विनोद शर्माले वताएका छन् ।

विप्लव नेकपाका समाचार सामाजिक सञ्जाल फेवुकमा सेयर गरेको आरोप प्रहरीमा रेडियोको कार्यकक्षवाटै प्रहरीले पत्रकार विश्वकर्मालाई चैत ७ गते विहान गिरफ्तर गरि हिरासतमा राखेको थियो । यस्तै प्रहरीले गिरफ्तार गरेका तिलागुफा नगरपालिका–४ का २९ वर्षीय भरत शाहीलाई पनिका आफन्तलाई पनि भेट्न दिएको छैन् ।

विना कारण आस्थाका आधारमा पत्रकारलाई गिरफ्तार गरिएको प्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, कालिकोट जिल्ला शाखा र जिल्लाका सामुदायिक रेडियोहरुले समेत विज्ञप्ति मार्फत विरोध जनाएका छन् ।

महासंघ केन्द्रीय महासचिव रमेश विष्ट,जिल्ला अध्यक्ष तुलाराम पाण्डेद्धारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारलाई रेडियोको कार्यकक्षवाट पत्रकार गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको वताइएको छ ।

पत्रकार गिरफ्तारीको कालिकोटका समुदायिक रेडियोहरुले पनि विज्ञप्ति मार्फत विरोध जनाएका छन् । यस्तै पीडित विश्वकर्मा कार्यरत रेडियो नयाँ कर्णाली एफएमले विरोध जनाउदै आफ्ना सवै प्रसारण कार्य बन्द गरेको छ ।

न्युज अफ नेपाल बाट