Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

कविता – संसार कम्युनिस्टको

मार्क्स र एंगेल्सका पालामा
कुरा हुन्थे दर्शनका
चर्चा हुन्थे वर्ग संघर्षका
घोषणा हुन्थे कम्युनिस्ट पत्रका

 प्रताप पौडेल

लेनिनले अंगाले मार्क्सवादलाइ
जब शिखर पुरुष बने लेनिन
तब थर्कमान भएथ्यो साम्राज्यवाद
ओझेलमा थियो संशोधनवाद
उदघोष भएथ्यो क्रान्तिको
सिंहासन थियो सोभियत सत्ताको

माओत्सेतुङ आइ नयाँ जनवाद प्रयोग गर्दा
कोमिन्ताङ्गे प्रवृत्तिहरु हल्लिएका थिए
विकसित चीनको खाकाहरु कोरिदै थिए
समाजवादका टुसाहरु उम्रदै थिए

जब फक्रन थाले
संशोधनवादिहरु
मार्क्सवादको ढाडमा टेकि
टाउकोमा प्रहार गर्नेहरु
तब ढल्न पुगे
सोभियतहरु,मार्क्सहरु
तरपनी
अझैसम्म ढलेको छैन
आस्था र विचारहरु
कम्युनिस्टका दर्शनहरु
फेरिपनी हल्लिनेछन
विश्वभरका सामन्तीहरु
साम्राज्यवादी र संशोधनवादिहरु
जब वर्गसंघर्षको कफनले
कसिलो हुनेछ सबैका कम्मर
तब आउनेछ त्यो दिन
नयाँ जनवादक
वर्ग्विहिन,शोषणविहिन राज्यको
संसार कम्युनिस्टको ।