Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

थिएटरको स्थापनाका लागि पहल गर्छु : नगरप्रमुख

चैत्र १३ सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा थिएटरको आवश्यकता भएकोले त्यसको स्थापनाका लागि पहल गर्ने बताउनु भएको छ । आरंग नेपालले आयोजना गरेको आज विश्व रंगमञ्च दिवसको अवसरमा आरंग नेपालले आयोजना गरेको विश्व रंगमञ्च दिवसको अवसरमा नाटिका प्रदर्शन तथा सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख सुवेदीले यस्तो बताउनु भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख सुवेदीले भन्नुभयो, ‘कर्णाली प्रदेशको राजधानीमा सुविधा सम्पन्न थिएटरको आवश्यकता छ सबैको साथ र सहयोग पाएमा त्यसको निर्माण गर्न स्थानीय सरकार प्रतिवद्ध छ ।’ नाटक केवल मनोरञ्जन मात्र नभई त्यसले गाउँ, समाज र आम नागरिकको कथा व्यथा बोल्नुका साथै समाज परिवर्तनको संवाहक भएकोले पनि यसलाई विकाससँग जोड्न आवश्यक भएको उहाँको भनाई थियो ।

कार्यक्रममा आरंग नेपालका अध्यक्ष गणेश गौतमले जीवन नाटक भएको र नाटक जीवन भएकोले जसरी सफल जीवनका लागि अनेकौ संघर्ष गर्नु पर्दछ त्यसरी नै सफल नाटकका पनि निकै परिश्रम गर्नु पर्ने बताउनु भयो ।

रंगमञ्च दिवसको अवसरमा क्यूवाका नाट्यकर्मी कारोक चेल्ड्रानले व्यक्त गरेको सन्देशलाई कलाकार तथा पत्रकार भानुभक्त अधिकारीले प्रस्तुत गर्नु भएको थियो शब्द स्वागत कलाकार तथा पत्रकार माया थापाले गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ कलाकार प्रेमदेव गिरी, गंगा केसी, कूलमान नेपाली, साहित्यकार डा. दिपक गौतमलगायतको उपस्थिति रहेको थियो ।
विश्वभर छरिएका रहेका रंगकर्मीहरुले आज विश्व रंगमञ्च दिवस मनाएका छन् । जस अन्तर्गत आज आरंग नेपाल सुर्खेतमा नाटिका प्रस्तुत गरेको छ भने पत्रकार तथा कलाकारहरुलाई सम्मान गरेको छ ।

सांस्कृतिक संस्थान नेपाल तथा आरंग नेपालको आयोजनामा गत फागुन २३ गतेदेखि २९ गतेसम्म सुर्खेतमा आयोजना गरेको रारा नाटक महोत्सवमा सहयोग गर्ने कलाकार तथा पत्रकारहरुलाई समेत सम्मान गरेको हो । सुर्खेती रंगमञ्चको इतिहास ८८ वर्ष लामो छ ।