Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

पाँच हजार गाँजाका बोट नष्ट

चैत्र २१ सुर्खेत
वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ३ बस्ने बर्ष ६१ कि शान्ती देबी दहालको करेसा बारीमा उम्रीएको अन्दाजी ५ हजार वटा गाँजाको बोट नगर प्रहरी प्रमुख प्रनानि ढुण्डी राज अधिकारीको कमान्डमा खटिएको टोलीले नष्ट गरेको जनाएको छ ।

गाँजाका बोटहरु नष्ट गर्दै गरेको तस्बिरहरु

पछिल्लो समयमा सई अधिकारीको नेतृत्वको नगर प्रहरीले लागु औषध तथा अवैध घरेलु मदिरा नियन्त्रणमा निकै चासो देखाएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत लागु औषध ओसार पसारको केन्द्रको रुपमा विकास भइरहेको जनगुनासो आइरहेको समयमा प्रहरीले लागु औषध नियन्त्रण तथा गैर कानूनी गतिविधि गर्नेहरुलाई कानूनी दायरामा ल्याएर कारवाही गर्ने र समाजमा शान्ति सुव्यवस्था कायम गर्ने भन्दै अभियान नै संचालन गरेको छ ।