Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

साझा सवाल तथा एजेण्डाहरुको बारेमा छलफल

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतका साझा सवाल तथा एजेण्डाहरुको बारेमा छलफल भएको छ । बुधबार वीरेन्द्रनगरमा पारस्पारिक जवाफदेहिता परियोजना वर्तमान अवस्थामा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले आ आफ्नो धारणा राखेका थिए । अन्तरक्रिया कार्यक्रममा योजनाहरुको निमार्ण, नागरिक समाजको भूमिका, नेपालको निर्घकालिन विकासमा नागरिक समाजको भूमिका, नागरिका समाजको विकास, समाजमा नागरिक समाजले के कसरी काम गर्ने जस्ता कुराहरुमा छलफल गरिएको हो । छलफलमा बोल्ने बक्ताहरुले वर्तमान समयमा नागरिक समाजले के कस्ता कामहरु गरेको छ, अब कसरी अघि बढ्छ, समाज रुपान्तरणमा यसको भूमिका के रहन्छ भन्ने कुराहरुको बारेमा आ–आफ्नो धारणाहरु राखेका थिए ।

कार्यक्रममा सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भूसालले छलफलले प्रदेशमा नागरिक समाज तथा अन्य संघ संस्थाहरु कसरी अघि बढ्ने के गर्दा राम्रो हुन्छ भन्ने लगायतका धेरै कुराहरुमा छलफल एकदमै प्रभावकारी भएको बताए ।
यस्तै छलफलले सम्पूर्ण नागरिक समाज संस्थाहरु साझा विषयमा एक भइ लाग्ने ६ बुदे निष्कर्ष निकालेको छ ।

नागरिक समाज संघ संस्थाहरुको तर्फबाट पिताम्बर ढकाल हस्ताक्षर विज्ञप्तीमा सुर्खेत जिल्लाका सामुदायिक विद्यालयहरुका गुणस्तर सुधार, भौतिक पूर्वाधार, विद्यार्थी तथा शिक्षहरुका सन्दर्भमा आवाज उठाउने, कर्णाली प्रदेशका स्थानीय सरकारले बनाउने नीति निर्माण प्रकृयामा नागरिक समाजको सहभागिताको सुनिश्चित गर्दै योजना तर्जुमाका लागि सबैको सहभागिता सहित सुशासन, क्षमता विकास, लगाएतका क्षेत्रमा कार्य गर्ने, कर्णाली प्रदेश तथा यस क्षेत्रका स्थानीय सरकारले बनाउने बजेट तथा कार्यक्रम सहभागिता मुलक प्रकृयाबाट निर्माण गर्ने निर्णय गरेको हो ।

यस्तै सुर्खेत जिल्लाका बाढी पिडितका समस्या समाधानका लागि सयुक्त रुपमाकार्य गर्ने, जिल्लाका महत्वपुर्ण सवालमा आगामी दिनमा संयुक्त रुपमा नागरिक समाजको भेलागरी आवाज बुलन्द गर्ने, विगत देखि समस्याका रुपमा आइरहेको असारे विकास र बजेटको दुरुपयोग हुन दिन निगरानी समुहको रुपमा स्थानीय तहमा क्रियाशिल बनाउने, बेरुजु रकम फछयौटमा विशेष ध्यानदिने लगायतका निर्णयहरु गरेको हो । कार्यक्रममा नागरिक समाज संस्थाहरु कर्णाली प्रदेश गैसस महासंघ, पत्रकार महासंघ, गैसस महासंघ सुर्खेत, जिल्लाबार एशोसियसन, शिक्षक महासंघ, बन उपभोक्ता महासंघ, भूमि अधिकार मञ्च, सुन्दर नेपाल संस्था, स्याक नेपाल, नागरिक सरोकार संघ, वाम, आवाज, क्रिडाक नेपाल, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, जिल्ला सहकारी संघ, स्थानीय सरोकार समूह, एकता फाउन्डेसन नेपाल लगायत संघसंस्थाहरुका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।