वीरेन्द्रनगरको चौथो नगरसभा सुरु
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको चौथो नगरसभा सुरु भएका छ । ‘शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर भन्ने मुल नाराका साथ बिहीबारबाट सुरु भएको हो । नगरसभामा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले स्वास्थ्य सेवा सम्बन्धी विधेयक २०७५ र विपद् व्यवस्थापन न्यूनिकरण विधेयक २०७५ नगरसभामा टेबुल गरेकी थिइन् ।
यस्तै नगरसभामा फागुन मसान्त सम्मको बजेट माथिको संङक्षिप्त प्रतिवेदन एजेण्डाहरुको बारेमा समेत छलफल हुने नगरप्रमुख देवकुमार सुवेदीले जानकारी दिए । यस्तै नगरसभामा सार्वजनिक महत्वको बिषय माथि उपस्थित सम्पूर्ण नगरसभा सदस्यहरुले नगरपालिकाको गुरु योजनाको विषयमा, रिङरोड, नगरपालिका भित्र रहेका पर्यटकीय क्षेत्रहरुको बारेमा, कृषि क्षेत्र लगायतका विभिन्न कुराहरुको बारेमा आफ्नो धारणा राखेका थिए ।
नगरसभामा बोल्दै नगरसभा सदस्य टोपबहादुर रास्कोटीले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा सबै क्षेत्रमा लागु गर्न नसकिएको र भएको काम पनि सुस्तगतिमा भएकाले त्यसलाई नगरसभा मार्फत छलफल गरेर यसलाई तिर्वता दिनुपर्ने बताए ।
यस्तै नगरसभा सदस्य कृष्णप्रसाद गौतमले बजेट कार्यन्वयन सबै क्षेत्रमा प्रभावकारी तरिकाले नभएको अबस्थामा नगरसभा मार्फत यसलाई तिर्वता दिनुपर्ने बताए । साथै उनले नगरपालिकाले बनाउने गुरुयोजना, आधारभूत शिक्षामा शुल्कको बिषयमा स्पष्ट बनाउनुपर्ने बताए ।
यस्तै सदस्य अर्जुन सुवदीले नगरपालिकाको बजेट कार्यन्वयनमा तिर्वता दिने, गिट्टी बालुवा उत्खलन गर्ने कामको अन्यवलता हटाउने, हटलाईन सडकमा रहेका रुखहरु व्यवस्थापन गर्नुपर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रममा देखिएका अन्यवलताहरुको बारेमा नगरसभा मार्फत यसलाई तिर्वता दिनुपर्ने बताए । यस्तै नगरपालिकामा रोकिएको नक्सा पास कित्ताकाटको काम के भएर अड्किएको हो यसको बारेमा नगरसभा मार्फत समाधान गर्नु पर्ने बताए ।
यस्तै कार्यक्रममा नगरसभा सदस्य डम्मरु नेपाली, रामकुमार दर्लामी, चुडामणी चपाई, लक्ष्मी ज्ञ्यावलीले सुकुम्वासीको व्यवस्थापन, असिना पिडितको व्यवस्थापन, सुकुम्वासी समस्या तत्काल समाधान गर्ने, बालविवाह, बहुविवाह, खोर्केखोलाको व्यवस्थापन, चुनावमा गरिएका प्रतिवद्धता पुरा गर्ने कुराहरुको बारेमा नगरसभा मार्फत सभाधान गरिनुपर्ने बताए । नगरसभामा १४ जना सदस्यहरुले सार्वजनीक आफ्नो धारण राखेका थिए ।
नगरसभामा टेवुल गरिएका विधेयकहरुको बारेमा अध्यान अनुसन्धान, व्यावपक छलफल मार्फत संसोधन गर्न सकिने नगरप्रमुख सुवदीले जनाकारी दिए । यस्तै नगरसभा २०७६ बैशाख २ गते ११ बजे सम्मको लागि स्थगित भएको जानकारी दिइएको हो ।






