Loading... आजः ४ जेष्ठ २०८३, सोमबार । Monday 18th May 2026
ताजा खबर
  

जयन्ती कप महिला भलिवल सुरु

जाजरकोटमा जयन्ती कप खुला महिला भलिवल प्रतियोगिता शुक्रवार देखि सुरु भएको छ । अमेरीकामा वस्ने नेपाली युवा समाजसेवी जयन्ती थापाको सहयोगमा प्रतियोगिता शुरु भएको हो ।

थापाले उपलव्ध गराएको ५० हजार नगद सहयोग लिएर कुशेमालिका अनलाइनको सहकार्यमा स्थानीय जयचन्द्र मिडिया ग्रुप प्रा.लि. जाजरकोटले जयन्ती कप खुला भलिवल प्रतियोगिाको आयोजना गरेको बताइएको छ ।

आगामी वैशाख १ गते सम्म खलंगाको थाप्लेचौरमा सन्चालन हुने उक्त प्रतियोगिताको राष्ट्रिय सभाका सदस्य भैरव सुन्दर श्रेष्ठ र जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले संयुक्त रुपमा उद्घाटन गरे । राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठले जाजरकोट जिल्लाका महिला खेलाडीहरुको क्षमता विकास र उनीहरुलाइ खेलको अवसर प्रदान गर्नका लागि समाजसेवी जयन्तीले गरेको सहयोग निकै महत्वपुर्ण रहेको वताए ।

उनले विदेशमा वसेर पनि नेपाली माटो र जनता प्रति गहिरो माया देखाउने युवा समाजसेवी जयन्ती सवैको प्रेरणाकी श्रोत रहेको वताए । गरिव, विपन्न, र विपतमा परेका नागरिकहरुको सहयोगका लागि जयन्तीले पुरयाएको योगदान सवैका लागि उदाहरणीय कार्य भएको उनको भनाई थियो । जिल्लामा महिलाहरुलाइ लक्षित गरेर आयोजना गरिएको खुला भलिवल प्रतियोगिताले महिला खेलाडीहरुको पहिचानमा ठुलो मद्दत पुगेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरवहादुर वस्नेतले वताए ।

भलिवल प्रतियोगितामा प्रथम हुनेलाइ १५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र, द्धितीय हुनेलाइ १० हजार नगद, मेडल र प्रमाणपत्र र तृतीय हुनेलाइ ५ हजार नगद मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ । जयन्ती कप खुला महिला भलिवलको पहिलो दिनको पहिलो खेलमा त्रिभुवन मावि छात्रावासले विजय मावि काफल चौरलाइ हराएको छ भने दोस्रो खेलमा कुशेमालिका अनलाइनले शिव व्यावसायिक मावि कालेगाउँलाइ हराएको छ ।

यस्तै तेस्रो खेलमा त्रिभुवन मावि खलंगाले त्रिभुवन मावि छात्रावासलाइ हराएको छ । लिक कम नकाउट प्रक्रियावाट खेलाइएको उक्त प्रतियोगितामा सवै समुहले सवै संग प्रतिष्पर्धा गर्नु पर्ने बताइएको छ ।