फोरलेन सडकको काम तिव्र, असारसम्म सक्ने लक्ष्य
बसन्त भण्डारी,सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निमार्णाधिन फेरलेन सडकको निमार्ण कार्य अहिले जारी छ । विगत केहि वर्ष यता देखि हालसम्म उपत्यकाको धुलियाबिटदेखि बांङगेसिमलसम्मको सडक निमार्णको काम हाल भैरहेको छ । निमार्णका क्रममा रहेको उक्त सडकको निमार्णकार्य अहिले पनि जारी नै छ ।
फोरलेन सडकको पहिलो चरणको काम यस अघि नै सम्पन्न भइसकेको छ । बाँकी दोस्रो र तेस्रो चरणको काम अहिले धमाधम भैरहेको छ । पहिलो चरणमा घुलियाबिटदेखि प्रानो सञ्चयकोष नजिक खजुरा सम्म रहेको थियो भने त्यहाँ देखि मुलपानी चोकसम्म दोस्रो चरण र तेस्रो चरणमा त्यहाँ देखि देखि बांङंगेसिमल गरि छुट्याएर काम भैरहेको डिभिजन सडक कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
निमार्णको क्रममा रहेको सडकका कारण बजार क्षेत्रमा हिन्ने पैदल यात्री, गाडिहरु तथा सडक छेउछाउमा व्यापार गर्ने पसलेहरुलाई समत विभिन्न समस्याहरु भैरहेको थियो भने बजार क्षेत्रको सडकमा थुपारिएको बालुवा, सडकको ढलको राम्रो व्यवस्थापन नहुनु साथै गाडिको उच्च चापको कारण विभिन्न किसिमका समस्याहरु उत्पन्न हुने गरेका थिए ।
निमार्ण कार्य अहिले दोस्रो चरण अन्तर्गत बसपार्क क्षेत्र वरपरको ठाउँमा काम भैरहेको छ भने भने तेस्रो चरण अन्तर्गत मुलपानी चोक वरपरको क्षेत्रमा कामहरु भैरहेको छ । आशिका निमार्ण सेवाले पहिलो चरणको काम गरेको थियो भने दोस्रो स्वच्छन्द श्याम एण्ड संकर जेभि र तेस्रो आशिका श्याम एण्ड संकर जेभिले उक्त सडक निमार्ण गरिरहेको छ ।
जसमा पहिलो चरण अन्तर्गत भ्याट सहित १९ करोड १४ लाख ७३ हजार ८ सय ९४ रुपैयाँ ३५ पैसा रहेको छ भने दोस्रो चरण अन्तर्गत १४ करोड ४० लाख ४१ हजार ५ सय ९१ रुपैयाँ ४० पैसा भ्याट बाहेकको लागत रहेको छ । यस्तै तेस्रो चरणमा १९ करोड ८३ लाख २३ हजार ३ सय ४४ रुपैयाँ ४० पैसा भ्याट सहित रहेको डिभिजन सडक कार्यालय सुर्खेतका सुचना अधिकृत देवन्द्र भट्राईले जानकारी दिए ।
तीन चरण अन्तर्गत २०७२ साल ३ महिना २८ गते देखि २०७४ साल ३ महिना ३० गते सम्म पहिलो चरण अन्तर्गत काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो भने दोस्रो चरण अन्र्गगत २०७३ साल ३ महिना २७ गते देखि २०७५ साल ३ महिना २० गते सम्म दोस्रो चरण र तेस्रो चरण अन्तर्गत २०७४ साल ३ महिना २५ गते देखि २०७६ साल ३ महिना २४ गते सम्म काम सम्पन्न गर्ने आयोनाको लक्ष्य रहेको सुचना अधिकारी भट्राइले जानकारी दिए । उनका अनुसार पहिलो चरणको काम समयमा नै सम्पन्न भयो भने दोस्रो चरणको काम अहिले सम्म पनि जारी छ यो असार सम्म सक्ने लक्ष्य लिइएको छ । तेस्रो चरणको काम पनि यहि असारमा नै सक्ने लक्ष्य रहेको उनको भनाई थियो ।
बसपार्क क्षेत्र वरपरको ठाउँमा नालाहरु, ढल व्यवस्थापनको विवादको कारण दोस्रो चरणको काम केहि ढिला भएको र अन्य कामहरु समयमा नै सम्पन्न हुने स्वछन्द श्याम एण्ड संकर जेभीका प्रतिनिधि पदमबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘बजार क्षेत्रमा नालाहरु निमार्ण, ढल व्यवस्थापनको काममा केहि विवाद थियो । ति सबै कुराहरुको व्यवस्थापनको कुरा मिलेपछि काम सुरु भैरहेको छ । अबको १५ दिन भित्रमा सडक पिज गर्ने लक्ष्य साथ काम भैरहेको छ । असार सम्म कुनै पनि विवाद नआए दोस्रो र तेस्रो चरणको काम पनि सकिन्छ ।’
उनका अनुसार अहिले दोस्रो चरण अन्तर्गत करिव ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ भने तेस्रो चरण अन्तर्गत करिव ८० प्रतिशत भन्दा बढिकाम सम्पन्न भैसकेको छ ।
यस्तै फोरलेन सडक क्षेत्रमा बन्दै गरेका पुलहरुको निमार्ण कार्य पनि अहिले जारी छ । अहिले फोरलेनको विभिन्न ठाउँमा गरि ५ वटा पुलहरु निमार्णको क्रममा छन् । प्रतिनिधि खड्काका अनुसार २०७८ असार मसान्त सम्म उक्त पुलहरु निमार्णका काम सक्ने लक्ष्य लिइएको छ । जसको लागि ३९ करोड ९० लाख रकम छुट्याइएको छ । अहिले पुल निमार्ण अन्तर्गत इत्राम खोला र र्खोके खोलाको पुन डिजाइनको काम भैरहेको छ भने अन्य पुलहरु यो बर्ष भित्र नै ढलान गर्ने तयारी छ ।






