कर्णालीमा वाह्य पर्यटकको संख्या न्यून
बसन्त भण्डारी, सुर्खेत । विश्वको पर्यटकीय गन्तब्य नेपाल तथा नेपालको पर्यटकीय गन्तब्य कर्णाली तथा कर्णालीको समृद्धिको आधार पर्यटन पूर्वाधारको विकास भन्ने मुल नाराका साथ प्रदेश सरकारले २०७५ साललाई ‘रारा कर्णाली पर्यटन बर्ष २०७५’को रुपमा मनाउने निर्णय ग¥यो । सोहि अनुरुप २०७५ साल बैशाख १ गत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री, शिक्षा मन्त्री, पर्यटन मन्त्री लगायतको टोलीको उपस्थितिमा रारा कर्णाली पर्यटन बर्षको सुरुवात गरिएको थियो । जसको उद्देश्य रारा ताल मात्र नभएर सिङ्गो कर्णालीलाई नै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित गराउनु थियो । कर्णाली समृद्धिको मुल आधार नै पर्यटकीय क्षेत्र हो भनको प्रदेश सरकारले पर्यटन बर्षमा आन्तिरिक र बाह्य गरेर ५ लाख पर्यटकहरु भित्राउने लक्ष्य राखेको थियो । रारा लगायतका कर्णाली प्रदेशका पर्यटकीय स्थलहरुको सम्भावनाको पहिचान गरी स्थानिय नागरिकमा स्वरोजगारको श्रृजना, जिवनस्तरमा सुधार, गरिबी निवाहरण, पर्यटन उद्योग प्रवद्र्धनको माध्यामबाट आर्थिक समृद्धिमा टेवा पु¥याउने प्रदेश सरकारको लक्ष्य थियो ।
साढे चारलाख बढि पर्यटक कर्णालीमा
रारा कर्णाली पर्यटन वर्ष २०७५ को सुरु देखि अत्य सम्म कर्णालीमा साढे चार लाख भन्दा बढि पर्यटकहरु आएका छन् । प्रदेश सरकारले दिएको तथ्याङ्क अनुसार ४ लाख ५४ हजार ८ सय ६४ आन्तरिक पर्यटकहरु कर्णालीमा आएका छन् भने २१ हजार २ सय ९१ जना वाह्य पर्यटकहरु कर्णालीमा आएका छन् ।
आन्तरिक तर्फ सुर्खेतमा १ लाख ६२ हजार ८ सय ६१, दैलेखमा ३८ हजार ६ सय ६८, जाजरकोटमा ५८ हजार ८ सय ६५, रुकुम पश्चिममा ६ हजार ६ सय ५८, सल्यानमा ३६ हजार १ सय ५०, कालिकोटमा ३१ हजार ३ सय ५७ पर्यटकहरु आएका छन् । यस्तै जुम्लामा ७७ हजार ६ सय १४, मुगुमा १३ हजार ७ सय ९५, हुम्लामा २० हजार ५ सय ४५ र डोल्पामा ८ हजार ३ सय ५४ आन्तरिक पर्यटकहरु आएको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै वाह्य तर्फ सुर्खेतमा ६ सय ५४, दैलेखमा १४, जाजरकोटमा ७ रुकुम पश्चिममा १३, सल्यानमा ९, कालिकोटमा २१, जुम्लामा ६२, गुगुमा ३ सय ३४ हुम्लामा १७ हजार ४ सय ८९ र डोल्पामा २ हजार ६ सय ८८ वाह्य पर्यटकहरु आएका प्रदेश सरकारले जानकारी दिएको छ ।
मेला महोत्सव अभियानहरु
कर्णाली रारा पर्यटन बर्षको अवसरमा स्थानिय सरकार र प्रदेशको सहकार्यमा विभिन्न मेला महोत्सव पर्यटन विशेष कार्यक्रमहरु गरेर ५६ वटा सम्पन्न भएका छन् । जसअन्तर्गत सुर्खेतमा महोत्सव र पर्यटन विशेष कार्यक्रमहरु गरेर ६ वटा कार्यक्रमहरु सम्पन्न भएका छन् । दैलेखमा ८ वटा, जाजरकोटमा ४ वटा, रुकुम पश्चिममा ५ वटा, सल्यानमा ८ वटा, कालिकोटमा ६ वटा, जुम्लामा १० वटा, मुगुमा ४ वटा, हुम्लामा ३ वटा र डोल्पामा १ वटा कार्यक्रम सम्पन्न भएका छन् ।
एक सय एक पर्यटकीय क्षेत्र
यस्तै प्रदेश सरकारले एक सय एक पर्यटकीय गन्तव्य सार्वजनिक गर्ने भएको छ । २०७५ साललाई रारा पर्यटन बर्षको रुपमा मनाएको प्रदेश सरकारले कर्णालीमा पर्यटनका विकास गर्नकोलागि विभिन्न जिल्लाहरुमा गरी एक सय एक पर्यटकीय क्षेत्रहरुको पहिचान गरेर सार्वजनिक गर्न लागेको हो । कर्णालीका पर्यटकीय स्थलहरुको संरक्षण सम्वर्धन एंव प्रवद्र्धनको माध्यामबाट गन्तव्य स्थलको रुपमा विकास गरेर अघि बढाउनको लागि सरकारले एक सय एक पर्यटकीय क्षेत्रहरु सार्वजनिक गर्न लागेको हो ।
सरकारको आगामी योजना
कर्णाली रारा तथा डोल्पा करिडोरमा पर्यटकको लागि आवश्यक सेवा दिन सके पर्यटकको संख्या बढ्ने प्रदेश सरकारले विश्वास लिएको छ । पर्यटकको लागि स्तरिय होटल, पर्यटन लक्षित होमस्टे, सार्वजनिक आवसगृह, पर्यटन सुचना केन्द्र, पर्यटन उद्योगलाई दिगो र स्थायी बनाउनुपर्ने, सुर्खेत विमानस्थलको स्तरोन्ती,सुलभ, सुरक्षित, भरपर्दौ र नियमित हवाई सेवा सञ्चालन गर्ने, ऐतिहासिक धार्मिक एवम् सांस्कृतिक पुरातात्विक सम्पदाहरुलाई पर्यटकीय स्थलको रुपमा सार्वजनिक गरेर तिनको गुरुयोजना बनाएर अघि बढाउने लगायतका कामहरु आगामी दिनहरुमा सरकारको प्रथामिकतामा पर्ने मन्त्री बुढाले जानकारी दिए । यस्तै कर्णालीमा उत्पादित सिमी, आलु,कोदो, फापर कागुनो, चिनो काली मार्सिधान जौ, उवा गहू तथा स्याउ ओखर जस्ता फलफुलहरुको प्रवर्दन गरी स्थानिय खाद्य पदार्थलाई पर्यटकको परिकार बनाई स्थानिय उत्पादनलाई पोस्साहान गर्ने पर्ने उनको भनाई थियो ।
यस्तै उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धिरेन्द्र कुमार प्रधानले हचुवाको भरमा नभएर विभिन्न निकायहरु मार्फत कर्णालीमा पर्यटकहरुको तथ्याङ्क निकालेको बताए । कर्मचारीहरुको अभावको कारण पर्यटन पदमार्ग, पर्यटन सचिवालय स्थापना हुन नसकोको बताए । साथै उनले विभिन्न पर्यटन संग सम्बन्धीत कुराहरुको कार्यविधि बनाउने काम भैरहेको समेत जानकारी दिए । यस्तै महालेखाम परीक्षक कार्यालयको लेखा परीक्षणको पतिवेदन अनुसार रारा कर्णाली पर्यटन बर्षको उद्घाटन कार्यक्रममा ७८ लाख १६ हजार ९६ रुपैयाँ खर्च भएको सचिव प्रधानले जानकारी दिए ।






