Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

जनप्रतिनिधिको दादागिरीः प्रधानाध्यापकमाथि हातपातको प्रयास

सुर्खेत, १२  बैशाख ।
वीरेन्द्रनगर १२ मा रहेको अमरज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापा माथि वडा सदस्यले हातपातको प्रयास गरेका छन् ।
सोही वडाका निर्वाचित सदस्य रामकुमार दर्लामीले मंगलबार विहान विद्यालय प्राङ्गणमा बिधार्थी भर्नाको काम गरिरहेका प्र.अ. थापामाथि हातपातको प्रयास गरेका हुन् । विधार्थी भर्नाका विषयमा विवाद सिर्जनागरी एक्कासी हातपातको प्रयास गरेको प्रत्यक्ष दशीए शिक्षक दिपक बिष्टले बताए । प्र.अ. थापाले विहानै मदिरा सेवन गरेर आफूमाथि आक्रमणको प्रयास गरेको प्र.अ. थापाको भनाइ छ । ‘विद्यालयमा सटिफिकेट नभएका विद्यार्थीलाई भर्ना गर्नुपर्ने भनेर दर्लामीले दबाब दिइरहेका थिए ।’ थापाले भने, ‘त्यसरी सर्टिफिकेट नभएकालाई हामी कसरी भर्ना गर्न सक्छौंं र ?’ प्रधानाध्यापक थापाले विद्यालयको क्षमता १२ सय विद्यार्थीको भएको बताए । ‘जम्मा १२ सय विद्यार्थीलाई हामी भर्ना गर्न सक्छौं । हाम्रो क्षमता त्यहि हो ।’ उनले भने, ‘अहिले १८ सय जना विद्यार्थीले फाराम भरेका छन् । इन्ट्रान्स लिएर हामी भर्ना गर्छौं भन्दा पदको दुरुपयोग गरी म माथि हातपात गर्ने प्रयास गरे ।’

प्र.अ.माथि आक्रमण प्रयासको बिरोध गर्दै विद्यालयमा कार्यरत शिक्षकहरुले प्रेस विज्ञप्ति मार्फत भत्र्सना गरेका छन् । विद्यालयमा बसेको शिक्षकहरुको आकश्मिक बैठकले विद्यालयको काम गर्दा आफूहरु असुरक्षित हुने अवस्था आएको भन्दै सुरक्षाको ग्यारेण्टि गर्न स्थानीय सरकारलाई माग समेत गरेका छन् । आक्रमण प्रयायसपछि विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिले नगरपालिकामा गई नगर शिक्षा समितिको ध्यानाकर्षण समेत गराएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम आचार्यले जनप्रतिनिधिले विद्यालय जस्तो पवित्र संस्थामाथि आक्रमण गर्नु निन्दनीय भएको बताउँदै उचित न्याय नपाएसम्म विद्यालय बन्द गर्ने चेतवानी दिए ।

शिक्षक माहासंघ सुर्खेतका अध्यक्ष कृष्णबहादुर थापाले विधालयभित्रै हातपात हुनुले शिक्षक असुरक्षित भएको संकेत देखिएको बताउँदै शिक्षकले गल्ति गरेको भए कानुन अनुसार कार्वाही गर्न सकिने बाटो हुँदा हुँदै आक्रमण प्रयास हुन अराजकता भएको बताए । संस्थागत काममा खटिएको शिक्षकमाथि आक्रमण प्रयास गर्ने जोकोहीलाई कडा कारबाही हुनुपर्नेमा उनले जोड दिए । नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले यस विषयमा आफूहरुको गम्भिर ध्यानाकरर्षण भएको बताउँदै छलफलबाट समाधान खोज्ने बताइन् । नगर शिक्षा समितिका प्रमुख समेत रहेका नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जन निर्वाचित संस्थाहरू विधालयका प्रतिस्पर्धी नभइ सहयोगी भएको बताउँदै यस्तो घटना हुनु दुखत भएको बताए । उनले विधालयभित्र सुरक्षाको जिम्मा लिने बताउँदै ढुक्क भएर काम गर्न सुझाव दिए ।

यता वडा सदस्य दर्लामीले भने प्रधानाध्यापक थापाले आफूमाथि गलत आरोप लगाएको बताएका छन् । आफूले विद्यार्थी भर्नाका लागि कुरा गर्न खोज्दा आफूमाथि झगडा गर्न खोजेको प्रतिक्रिया दिएका छन् ।