Loading... आजः ४ जेष्ठ २०८३, सोमबार । Monday 18th May 2026
ताजा खबर
  

नेपाल आर्मी र न्यु होराइजन बुटवलको विजयी सुरुवात

सुर्खेत

सुर्खेतको बीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग केपीएलको दोस्रो संस्करणमा विभागिय टोली नेपाल आर्मी र न्यु होरार्इजन बुटवलले पनि विजयी सुरुवात गरेका छन। प्रतियोगिताको तेस्रो खेलमा राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको विभागिय टोली आर्मीले झापाको लालिगुराँस क्रिकेट एकेडमीलार्इ ५८ रनले हराएको हो। १७७ रनको लक्ष्य पाएको लालिगुराँसले ९ विकेट गुमाएर ११८ रन मात्र बनाएपछि लगातार दोस्रो हार भोगेको छ । टोलीकालागि बिकेक राजुपुतले २७ र प्रणव शाहले २० रन बनाएपनि अरुले खुलेर खल्न सकेनन ।

आर्मीका जितेन्द्र मुखिया भिम सार्की र हरि चौहानले समान दुर्इ दुर्इ विकेट लिनुभयो । टस जितेर ब्याटिङ गरेको आर्मीले ९ विकेट गुमाएर १७६ रन बनाएको हो । आर्मीका राजु रिजालले ३३ बलमा एक छक्का र तीन चौंका सहित ४९ रन बनाउँदा कुशल मल्लले २१ बलमा तीन छक्का र दुर्इ चौंका सहित ४२ रनको आक्रमक पारी खेल्नुभयो। लालिगुँरासका तिलक मगर एश कनौडिया र प्रणव शाहले समान दुर्इ दुर्इ विकेट लिनुभयो। यस्तै आजै भएको अर्को खेलमा न्यु होरार्इजन बुटवलले महेन्द्रनगर किक्रेट एकेडेमीलार्इ ७१ रनले हराउँदै विजयी सुरुवात गरेको छ। १६७ रनको लक्ष्य लक्ष्य पाएको महेन्द्रनगरले पाँच बल बाँकी छँदै ९५ रनमा सबै विकेट गुमाउन पुग्यो ।

महेन्द्रनगरका सन्तोष भट्ले सर्वाधिक २२ रन बनाउँदा बुटवलका शक्ति गौचनले तीन तथा सुनिल धमला र विकास श्रेष्ठले दुर्इ विकेट लिनुभयो । टस जितेर ब्याटिङ गरेको बुटबलले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६६ रन बनाएको हो । बुटवलकालागि सुनिल धमलाले ४० बलमा ६० रनको अर्धशतकिय पारी खेल्दा अर्जुन रायमाझीले ४० रन बनाउनु भयो । महेन्द्रनगरका सन्तोष भट्ले दुर्इ तथा विकास आग्री र बिक्रम ठगुन्नाले एक एक विकेट लिनुभयो । प्रतियोगितामा घरेलु टोली कर्णाली ११ ले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा कर्णालीले झाँपाको लालिगुराँस क्रिकेटलार्इ एकेडमीलार्इ ८ विकेटले हराउँदै शानदार सुरुवात गरेको हो।

२१ गतेसम्म चल्ने प्रतियोगितामा दुर्इ विभाग सहित ८ टोलीले सहभागिता जनाएको कर्णाली किक्रेट एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिनुभयो। लिगको विजेताले पाँच लाख रुपैयाँ पाउने छ भने उपविजेताले दुर्इ लाख हात पार्ने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले ५० हजार हात पार्नेछन भने उत्कृष्ट बलर र ब्याट्सम्यानले समान २०/२० हजार पाउने छन्। यस्तै फाइनल खेलमा एकजना दर्शकलाई गोला प्रथाबाट रनर कम्पनीको एउटा मोटरसाइकल उपहार दिइने आयोजकले जनाएको छ।