Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

भीष्मकाे नयाँ निबन्धकृति- ‘तपाईंकाे पहाड कहाँ हाे ?’

काठमाडाैँ । कवि तथा निबन्धकार भीष्म उप्रेतीको निबन्धसंग्रह ‘तपाईंको पहाड कहाँ हो’ को लोर्कापण सम्पन्न भएकाे छ । निबन्धकार रोशन शेरचन, अाख्यानकार गोविन्द गिरी प्रेरणा र डा. गीता त्रिपाठीका साथै लेखक स्वयंले राजधानीमा एक कार्यक्रममाझ पुस्तकको लोकार्पण गर्नुभयो ।

पुस्तकमाथि बाेल्दै निबन्धकार शेरचनले भीष्मका निबन्धमा भाषा प्राजल रहेको र आफूलाई निबन्ध खुब मन परेको बताउनुभयो । अब आग्रजहरू मात्र नभई समकालीन व्यक्तित्वको बारेमा पनि लेख्नुपर्ने उहाँकाे सुझाव थियाे ।

अर्का वक्ता गोविन्द गिरीले पुस्तकमा समाहित व्यक्तिपरक निबन्ध आफूलाई मनपरेको बताउनुभयो । डा. गीता त्रिपाठीले समकालीन निबन्धमा भीष्म उप्रेतीका निबन्ध अब्बल रहेको र उहाँले निबन्धलाई कवितात्मक बनाउनुभएको टिप्पणी गर्नुभयाे ।

लेखकले पुस्तकका बारेमा बाेल्दै आफू मूलत: कविता लेख्ने मान्छे भएको र निबन्ध पनि कवितात्मक भएको बताउनुभयो । आफू अझै साहित्य लेखनमा सक्रिय रहेको हुँदा थप पुस्तक आउने समेत दाबी गर्नुभयाे ।

कार्यक्रमकाे सञ्चालन कवि मणि लोहनीले गर्नुभएको थियो । निबन्धकृति शिखा बुक्सले प्रकाशन गरेको हो ।

न्युज 24 बाट