संरक्षित वन काँक्रेविहारमा सरसफाई
१४ बैशाख, सुर्खेत । विंग्स फाउण्डेशन नेपाल सुर्खेतको “ग्रिन सुर्खेत क्लिन सुर्खेत” अभियान अन्तरगत आज सुर्खेत जिल्लामा रहेको नेपालको एक मात्र संरक्षित वन काँक्रेविहारमा सरसफाई गरिएको छ ।

फाउण्डेशनले वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालय, उद्योग बाणिज्य संघ र नेपाली सेनाको विनायक दल गणको सहयोगमा काँक्रेविहार मुख्य स्थान र वनभोज स्थलमा सरसफाई गरेको हो ।
सरसफाईमा सहभागी एक सहभागीले “यो काँक्रेविहारलाई सुरक्षित एवं सफा राख्ने हो भने यहाँ वनभोज खाने कार्यलाई वन्द गर्नुपर्ने बताए”
त्यस्तै कार्यक्रममा उद्योग बाणिज्य संघका भद्र भण्डारीले काँक्रेविहारको ऐतिहासिक महत्वलाई कसैले विर्सननहुने बताउँदै यस्को सुन्दरता कायम राख्नकालागि काँक्रेविहारको सरसफाईमा ध्यान दिई काँक्रेविहार अवलोकन गर्न अनुरोध गर्नुभयो ।
वडा नं. ९ का वडा अध्यक्ष सुरेश मानन्धरले वनभोज खान आउनेहरुलाई काँक्रेविहारलाई सफा राख्न अनुरोध गर्नुभयो । ‘यहाँ बाह्य पर्यटकबाट होइन आन्तरिक पर्यटकबाट फोहर भैरहेको छ । सचेत भए आफूले प्रयोग गरिसकेका सामाग्रीलाई सहि ठाँउमा विसर्जन गरि दिए काँक्रेविहारको सुन्दरतामा कमि नआउने अध्यक्ष मानन्धरले बताउनुभयो ।






