Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

मापदण्ड विपरित संचालित पिउने पानी उत्पादन कम्पनीमा शिलबन्दी

वैशाख १५ सुर्खेत ।
सुर्खेतमा संचालन भएका दुई वटा पिउने पानी उत्पादन गर्ने कम्पनी शिलबन्दी भएका छन् । खाद्य निरीक्षक भेषबहादुर थापाको नेतृत्वमा गएको अनुगमन टोलीले मध्यपश्चिम वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रा.लि. औद्योगिक क्षेत्र सुर्खेत र देउती दर्शन वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रा.लि. पिपिरा सुर्खेतमा शिलबन्दी गरेको हो । मापदण्ड विपरित संचालन गरेकोले गुणस्तरीय पानी उत्पादन नभएकोले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएको हुँदा पानी उत्पादन गर्ने कम्पनीमा शिलबन्दी गर्नु परेको खाद्य निरीक्षक भेषबहादुर थापाले बताउनु भयो ।

पानी आउने मुख्य पाइपमा शिलबन्दी गर्नुहुँदै खाद्य निरीक्षक भेषबहादुर थापा

 

पिउने पानी सम्बन्धि निर्देशिका २०७४ बमोजिम मापदण्ड पूरा गरेर कम्पनी सूचारुका लागि निवेदन दिएमा पुनः अनुगमन गरी कम्पनी संचालन गर्न दिने निरीक्षक थापाको भनाई थियो । मध्यपश्चिम वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रा.लि. औद्योगिक क्षेत्र सुर्खेतले उत्पादन गरेको पानीको जार भित्र केही दिन मात्र झिँगा फेला परेको थियो ।


अनुगमनका क्रममा अनुज्ञापत्र नविकरण नगरेको, फुड ग्रेटको बोटल जार र बिर्को प्रयोग नभएको, पानी प्रशोधन कक्षको भुई तथा भित्तामा सजिलै सफा गर्न मिल्ने टायल वा सामग्री प्रयोग नगरेको, कामदारको व्यक्तिगत सफाइमा समेत ध्यान दिएको जस्ता मापदण्डहरु पूरा नगरेकोले कम्पनी संचालनमा रोक लगाउनु परेको बताइएको छ ।


अनुगमनमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रतिनिधि, वीरेन्द्रनगर नगरपालिका, नापतौल विभाग कार्यालय, उपभोक्ता हक हित संरक्षण मञ्च तथा पत्रकारको समेत उपस्थिति रहेको थियो ।