Loading... आजः ४ जेष्ठ २०८३, सोमबार । Monday 18th May 2026
ताजा खबर
  

कर्णाली प्रदेश स्तरीय वाङ्मय संगोष्ठी हुने

वैशाख १५ सुर्खेत
नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोग तथा सुर्खेती कल्याण समाज काठमाडौंको आयोजना र सुर्खेत स्थित साहित्यिक संघ संस्थाको सहकार्यमा यही वैशाख २७ र २८ गते सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय वाङ्मय संगोष्ठी हुने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत प्रसाद उपाध्यायको समेत उपस्थितिमा आज बसेको संगोष्ठी व्यवस्थापन समितिको बैठकले विभिन्न कार्यक्रम सहित संगोष्ठी गर्ने निर्णय गरेको छ ।

संगोष्ठीमा कर्णाली प्रदेशका लोकवार्ता विषयमा प्रा.डा. चुडामणी बन्धु, कर्णाली प्रदेशमा गद्य साहित्यको वर्तमान अवस्था र भावी दिशा डा. दीपक गौतम, कर्णाली प्रदेशमा प्रचलित शैव, वोन र बौद्ध धर्म दर्शनको परम्परा विषयमा बिष्णुप्रसाद पराजुली, नेपाली कवितामा कर्णाली प्रदेशको योगदान विषयमा प्रा. जगत प्रसाद उपाध्याय र कर्णाली प्रज्ञा प्रतिष्ठानको आवश्यकता र सम्भावना विषयमा प्रा. डा. जीवेन्द्रदेव गिरीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ । साथै कर्णाली प्रदेश स्तरीय कवि गोष्ठीसमेत हुने आयोजकले जनाएको छ ।