Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

चट्पट र चिया बेचेर सामाजिक कार्यमा विद्यार्थी

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविध्यालयमा अध्यनरत सामाजिक कार्यका विद्यार्थीहरुले २०७१ सालको बाढि प्रभावित परिवारका बालबालिकालाई शौक्षिक सामाग्री वितरण गरेका छन् । विश्व पुस्तक दिवशको अवसरमा चटपट र चिया कार्यक्रमबाट जम्मा भएको २२ हजार रकमबाट सुर्खेत महिला प्रशिक्षण केन्द्रको क्षेत्रमा बस्दै आएका प्रभावित ३५ जना भन्दा बढि बालबालिकालाई ३५ सेट शैक्षिक सामाग्रि वितरण गरिएको हो । यस्तै खेलकुदको लागि ३ सेट फुटबल लगायतका सामाग्रीहरु पनि वितरण गरियको मध्यपश्चिमाञ्चल विश्वविद्यालय सामाजिक कार्यविभागले जानकारी दिएको छ ।
२०७५ चैत्र २१ र २२ गते गरिएको चटपट र चिया कार्यक्रम संचालन गर्न सुर्खेत जिल्लामा काम गर्दै आएको आइडिया नेपाल संस्थाले समेत सहयोग गरेको थियो । समाजमा रहेको असहाय, गरिव र विपन्न बालबालीका र परिवार प्रति ध्यानकार्षण गर्दै र सैदान्तिक ज्ञानलाई व्यहारमा उतार्ने कार्यगर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो । समाजमा रहेका विभन्नि कामहरु एक अर्काको सहयोग र सहकार्यले मात्र हुने भएकाले सबै एक भएर लाग्नुपर्ने विद्यार्थीहरुको भनाई थियो । सामाजिक कार्य विषयको महत्व र समाजमा यस्को आवश्यकता भएको र प्रदेश सरकारको पनि सामाजिक कार्य पढ्दै गरेका विद्यार्थिलाई सोहि रुपमा पहिचान गरेमा समाज परिवर्तन निश्चित रहेको उक्त विश्वविद्यालय सामाजिक कार्य अध्यनरत विद्यार्थि अनुज ढकालले जानकारी दिए । यस अघि देखि विभिन्न सामाजिक कामहरु गर्दै आएको सामाजिक कार्य विभागले आगामि दिनहरुमा पनि गाउँ समाजमा यस्ता सहयोगहरु गर्ने विभागले जानकारी दिएको छ ।