प्रेस काउन्सिल बिधेयक फिर्ताको माग गर्दै पत्रकारहरु आन्दोलित
जेठ ३ सुर्खेत |
प्रेस काउन्सिल बिधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधि भएको भन्दै नेपाल पत्रकार महासघ केन्द्रीय कार्यक्रम अनुसार सुर्खेतका पत्रकारले पनि शुक्रवार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा संचार सामाग्री सहित बिरोध प्रदर्शन गरेका छन । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको समन्वयमा भएको बिरोध प्रदर्शन कार्यक्रममा नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष धर्मेन्द्र झाले संसदमा दर्ता गरिएको मिडिया विधेयकका प्रावधानले मिडियाको घाँटी निमोठ्ने काम गर्न खोजिरहेको बताएका छन ।पुर्व अध्यक्ष झाले समाजलाई सुसुचित बनाउने र नराम्रो कामको भण्डाफोर गर्ने भनेको नै पत्रकार भएकाले पत्रकारहरुको विरुद्धमा संसदमा दर्ता गरिएको विधेयकले सञ्चार माध्यम तथा पत्रकारहरुको घाँटी निमोठ्न खोजेको बताए ।
यस्तै नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले मिडिया विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने भएको हुँदा उक्त मिडिया विधिेयक संसदमा पास हुन नदिनकोलागि आगामी दिनमा आफुहरुको आन्दोलनलाई आगामी दिनमा अझै शसक्त बनाउदै जैजाने बताए ।
आन्दोलन कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेत अध्यक्ष गणेश कञ्चन भारती, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश उपाध्यक्ष कमल पन्त लगायतले बिधेयक फिर्ता गरि प्रेस मैत्री बाताबरण बनाउन माग गरे । बिरोध सभा कार्यक्रमको सहजीकरण सचीव सुदिप पुरिले गरेका थिए ।







