Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

अस्तित्व हराउँदै पादुकास्थान

बसन्त भण्डारी, दैलेख । ऐतिहासिक धार्मीक महत्व बोकेको, धिपिधिपी बल्ने ज्वाला । कुनै समय दैलेखका पञ्चकोशी क्षेत्रहरु मध्ये पादुक स्थान सबै भन्दा अग्रस्थान पर्दथ्यो । पादुका स्थान जिल्लाकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको छ । तिन तहका सरकारहरु बनिसकेको अवस्थामा बेला बेलामा पञ्चकोशी क्षेत्रको चर्चा परिचर्चा भैरहए पनि तिनिहरुको संरक्षण र सम्बन्र्धनको अभावमा ओझेलमा पर्दै गएका छन् । पञ्चकोशी क्षेत्र मध्ये सबै भन्दा बढि ३ सय ६० वटा देवलहरु रहेको पादुका स्थानमा हाल ति देवलहरु कोही भत्किएका छन्, कतिपय खोलाको छेउछेउमा भग्नावश्यस अवस्थामा रहेका छन् । भने कतिपय खोेलाले बगाइसक्यो । हाल मन्दिर वरपरका क्षेत्रहरुमा रहेका स–साना मन्दिरहरु भत्किसकेका छन मन्द्रिरका संरक्षक देवीनाथ योगी ‘महन्त’ले भने, ‘कतिपय स्थानहरु निकै जिण अवस्थामा रहेका छन् । यहाँका ठाँटीे, गुन्ण्टीे, ज्वाला लगायतका धार्मिक सम्पदाहरु खोलाले बजाइसक्यो ।’

२०३४ सालमा ज्वाला बग्यो
२०३४ साल असार १६ गतेका दिन ज्वाला घर खोलाले भत्कायो । खोलामा आएको अत्याधिक बाढिले मन्दिर संगै त्यहाँका ज्वाला समेत बगायो । संरक्षक ‘महन्त’ले भने, ‘खोलाले धार परिवर्तन गरेर ज्वाला घर सहित यहाँका तमाम मुर्तीहरु बगायो । ज्वाला बल्ने तामाको पाइपहरु छेतविछेत अवस्थामा पा¥यो । पहिला ३ ठाउँमा ज्वाला बल्दथ्ये । अझै पनि राज्यले लगानी गरेको अवस्थामा ज्वाला बल्न सक्ने सम्भावना रहेको छ ।

राजा वीरेन्द्रनको भ्रमण
पादुका स्थानमा २०३५ साल र २०४५ मा राजा वीरेन्द्रनले समेत भ्रमण गरेका थिए । भ्रमणका क्रममा राजा वीरेन्द्रले मन्द्रिरमा पुजा आजा गरे । संरक्षण ‘महन्त’ले भने, ‘पहिलो पटक राजा आउँदा राजाको पहलमा मन्द्रिर स्थर उन्नतीको लागि बजेट छुट्याएपनि काम हुन सकेन । २०४५ सालमा पुन राजा आइसकेपछि राजाको पहलमा भत्किएका मन्द्रिरहरु निमार्ण ग¥यौँ । २०३४ सालमा भत्किएको मन्द्रिर २०४५ सालमा मात्र पुन निमार्णको काम भयो । त्यो लामो अवधिमा मन्द्रिर भग्नावश्यसको रुपमा सिमित रहयो ।’ २०६७ सालमा गादि घर भत्कियो । उनले थपे, ‘जिल्लामा कसैको सहयोग नपाएपछि गुठी संस्थान र संस्कृति मन्त्रालयको सहयोगबाट २०७२ सालमा गादिघर निमार्ण भयो । त्यसपछि गुन्टीघर निमार्ण गरियो, वरीपरिको घेरबार, वाल लगाउने काम सम्पन्न भएको छ ।’

कर उठेको छैन
मन्द्रिरको २०४९ साल यता कर रकम उठेको छैन । कर असुलीको लागि गुठी संस्थान लगायतका अन्य संस्थाहरुमा पहल गरेपनि केहि काम हुन नसकेको जानकारी दिइएको छ । पादुक मन्द्रिरको नाममा आएको बजेट रकम अन्य क्षेत्रहरुमा खर्च भएको हुन्छ संरक्षक ‘महन्त’ले भने, ‘राजनितिक उतारचडापको कारणले बजेटको चरम दुरुपयोग भएको छ । एक ठाउँमा हालेका योजनाहरु अर्को ठाउँमा जान्छन् । ठेकेदारको लाप्रवाहिको कारणले मन्द्रिर निमार्णको काम समय मानै हुन सक्दैनन् ।’

धार्मीक महत्व
सत्य देवि पतन हुदा श्रिस्थानमा शिर, नाविस्थानमा नावि, पादुकमा पाउ, धुलेश्वरमा धुलो मुलो र डुङगेश्रमा वाणी रहेको कारण यी क्षेत्रहरुलाई पञ्चकोशी क्षेत्रको निमार्ण भएको यहाँका स्थानियहरुको भनाई छ । ३३ कोटी देवि देवता यहाँ रहेका छन् । यहाँ पुजा आजा गरे सफलता मिल्ले पौराणीक कालमा लेखिएको छ । हाल मन्द्रिरमा रक्त भोकी र रक्त नभोकी गरी दुई प्रकारका देवताहरु रहेका छन् । मन्दिरमा बुद्धको मुर्ती, गोरकनाथ, सत्य देविका पाउहरु, पाण्डवका मुर्तीहरु छन् ।

मन्द्रिरलाई सफा, स्वच्छ बनाउनको लागि स्थानियको सहयोगमा दैनिक रुपमा १ देखि २ घण्टा काम गछौँ । संरक्षक ‘महन्त’ले भने, ‘हामिले अभियानको रुपमा नै मन्द्रिरको फोहोरहरु टिप्ने, सिडीहरु बनाउने लगायतका कामहरु गरिरहेका छौँ । अहिले सम्म स्थानिय सरकार र प्रदेश सरकारले केहि पनि सहयोग पाउन सकेको छैन । हाल मन्द्रिरको जग्गा पनि दुरुपयोग भएको छ ।’
प्रदेश सरकारले पञ्चकोशी क्षेत्रमा बजेट छुट्याउदा देखि यहाँको स्थतलगत भ्रमण गरेर कुन क्षेत्रमा धेरै बजेट आवश्यकता छ । कुन क्षेत्रमा धेरै क्षेती भएको छ । त्यसको आधारमा बजेट छुट्याउनुपर्ने यहाँका स्थानियका भनाई छ ।
मन्द्रिरमा शनिबार र मंगलबार देवतालाई बलि समेत दिइने गरीन्छ भने प्रत्येक बर्षको माग पूर्णमाको दिन मन्द्रिरको प्राङगणमा मेला लाग्ने गर्दछ । प्रदेश सरकारले ‘रारा कर्णाली पर्यटन बर्ष २०७५’ मनाएपनि अहिले सम्म कोहि पनि पञ्चकोशी क्षेत्रमा धुम्न नआएको उनिहरुको दुखेसो छ । अबका दिनहरुमा ५ भाई पाण्डबले बनाएका मुर्ती मन्द्रिरका संरचनाहरु पुरानै तरिकाबाट बनाउनुपर्ने स्थानियको माग छ ।

हाल पादुका मन्दिर क्षेत्र वरीपरी तरवारको काम भएको छ । दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले भने, ‘पादुकका मुर्तीहरु व्यवस्थापन गर्ने, धर्मशाला निमार्ण गर्ने, शौचालन निमार्ण गर्ने लगायतका कुराहरु समेटेर पादुका स्थानको गुरु योजना निमार्णको काम भैरहेको छ । यहि जेठ ११ गते देखि पञ्चकोशी क्षेत्रमा फ्रि वाईफाई क्षेत्र घोषणा गर्दै छौँ हामीले यहाँका पर्यटकीय तथा धार्मीक क्षेत्र पञ्चकोशीलाई महत्वको साथ हेरेका छौँ ।’ नगरपालिकाले नगरपालिका भित्र रहेका सम्पूर्ण धार्मीक तथा पर्यटकीय क्षेत्रहरुलाई समेटेर समर्ग नगरपालिकाले गुरु योजना बनाउने काम भैरहेको समेत नगरप्रमुख भण्डारीले जानकारी दिए ।