Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

सूर्या लाइफको नयाँ शाखा कलंकीमा

काठमाडौं ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ शाखा काठमाडौंको कलंकीमा खुलेको छ । कम्पनीका सिइओ शिवनाथ पाण्डे र अध्यक्ष केशव प्रसाद भट्टराइले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गर्नुभएको हो ।


पछिल्लो समयमा जीवन बिमाको क्षेत्रमा अग्रस्थान ओट्दै आएको यस कम्पनीका शाखा चारै तिर खुल्ने क्रम जारी छ । कलंकी नयाँ शाखा खलेकै दिन २५ लाख प्रिमियम संकलन यज्ञ बहादुर रावतले बताउनु भयो । कम्पनीको लोकप्रियता दिन प्रतिदिन बढ्दै गइरहेको कम्पनीका मार्केटिङ्ग प्रमुख माधव प्रसाद शर्माले क्वीकखबर डटकमलाई बताउनु भयो । मानव जीवनमा जोखिम मात्र भविष्यको समेत ख्याल गरेर इन्स्योरेन्स गर्नेहरुको संख्यामा बृद्धि हुँदै गइरहेको र सूर्या लाइफ कम्पनीले सबैको विश्वास जित्न सकेको कारण शाखाहरु विस्तार भइरहेको बताइएको छ ।