Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

सुर्खेतमा यात्रुबहाक बसमा आगजनी

सुर्खेत १३ ज्येष्ठ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रुबहाक बसमा आगजनी गरेको छ । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्वरको बसलाई हतियारसहित आएका विप्लवका कार्यकर्ताले आइतबार राति साढे एक बजेतिर गोचेखोलामा रोकेर आगजनी गरेका हुन् ।

बसमा आगजनी
फाइल फोटो

प्रहरीका अनुसार बसका चालक, सहचालक र साहुलाई झारेर पेट्रोल खन्याएर पाँच–छ जनाको हतियारसहितको समूहले आगजनी गरेको हो । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । बस जलेको ठाउँ नजिकै संकास्पद बस्तु फेला परेको छ । अहिले सो क्षेत्रलाई प्रहरीले पहरा दिइरहेको छ ।

बन्दका कारण सुर्खेत बजार पुर्ण रुपमा बन्द भएको छ भने लामो दुरीका यातायात ठप्प छन् । फाटफूट मोटरसाइकल र अटो अचेपनि अन्य यातायातका साधनहरु चल्न सकेका छैनन् ।