Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

क्यानको दैलेख जिल्लामा शाखा विस्तार

दैलेख ।

सूचना प्रविधिको क्ष्ँेत्रमा काम गर्दै आएको संस्था कम्प्युटर एशोसियशन नेपाल महासंघ (क्यान महासंघ) को दैलेख जिल्लामा शाखा विस्तार गरिएको छ । जिल्लामा रहेका व्यवसायी, विभिन्न व्यक्ति तथा विभिन्न आईटीसंग सम्बन्धित पक्षहरुको उपस्थितिमा जिल्ला भेलाको आयोजना गरि हस्तबहादुर रावलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

Image may contain: 15 people, people smiling, people standing and indoor
क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीको प्रमुख आतिथ्यतामा जिल्ला भेला सम्पन्न भएको छ । भेलाबाट उपाध्यक्षमा तिर्थ भण्डारी, सचिवमा धरमरत्न थापा, सहसचिवमा कृष्ण अधिकारी, कोषाध्यक्षमा सञ्जिता वि.सी., सदस्यहरुमा सुजन वि.क., विक्की विष्ट, प्रतिक्षा खड्का, रामु वि.क. चयन भएका छन् ।

सर्वसम्मत कार्यसमिति छनौट पश्चात क्यान महासंघ प्रदेश अध्यक्ष अधिकारीले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कर्णाली प्रदेश अध्यक्ष अधिकारीले दैलेख जिल्लाका सबै स्थानीय तह र नागरिकलाई सूचना संचार र प्रविधिको पहुचमा पु¥याउन क्यान महासंघ दैलेख शाखाको ठूलो भुमिका हुने बताउनुभएको छ ।

दैलेख जिल्लाका ११ वटा स्थानीय सरकार, जिल्लाका विभिन्न निकायहरु र उद्योग वाणिज्य संघसंग सहकार्य गरि सूचना प्रविधिको पहुच पु¥याउन नवनिर्वाचित टिम लाग्न सुझाव दिनुभएको थियो । यसैगरि कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित समितिका अध्यक्ष हस्तबहादुर रावलले आईटी क्षेत्रमा दैलेखलाई सम्बृद्ध बनाउन आफुहरु लागिपर्ने बताएका छन् । आगामि दिनमा सबै तह तथा क्षेत्रसंग समन्वय गरि सबै नागरिकलाई सूचना संचार प्रविधिको पहुचमा ल्याउन क्यान महासंघ दैलेख शाखाले हरसम्भव प्रयास गर्ने बताएका छन् ।