Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

सुर्खेतमा मनाईयो प्रेस युनियनको २८ औ स्थापना दिवस

सुर्खेत, १३ जेठ ।

सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकलाई रोक्न सवै पत्रकारहरु एकजुट भएर लाग्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । नेपाल प्रेस युनियनको २८ औ स्थापना दिवसको अवसरमा प्रेस युनियन सुर्खेत शाखाले आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमका सहभागिहरुले उक्त कुरा वताएका हुन् ।

२८ औ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानका केन्द्रिय सदस्य नारायण प्रसाद सापकोटाले सरकारले ल्याउन लागेको मिडिया विधेयकको बुँदाले खोज पत्रकारिता गर्नलाई वन्चित गर्ने वताए । उनले सरकारको विरोध गर्ने जुनसुकै व्यक्तिलाई पनि कार्वाही गर्ने नियत सरकारले ल्याल्न लागेकाले तत्काल विधेयक फिर्ता लिनुपर्ने वताए ।

प्रेस स्वतन्त्रताको लामो लडाईमा नेपाल प्रेस युनियनको उल्लेखनिय भुमिका रहेकाले युनियनलाई अमुख व्यक्तिहरुको स्वार्थपुर्ति गर्ने थलोको रुपमा लिन नहुने र क्रियाशिल पत्रकारहरुको स्वतन्त्र संस्थाको रुपमा विकास गर्न उनले आग्रह गरे । यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको सदस्यता पाउने पहिलो नेपालको सङ्गठनको रूपमा रहेको नेपाल प्रेस युनियनले मिडिया विधेयकका विरुद्धमा आवाज वुलन्द वनाउन आग्रह गरे । उनले लोकतन्त्रको रक्षाका लागि प्रेसको भूमिका महत्वपुर्ण रहेकोले निस्पक्ष रुपमा कलम चलाउनुपर्ने वताए ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव दिपेन्द्र शर्माले सरकारले पत्रकारलाई समाचार लेखेबापत १० लाख रुपैयाँसम्म जरिवाना लिन सक्ने कार्वाही गर्न खोजेकाले त्यसका विरुद्धमा उत्रिन आग्रह गदै नागरिकको सूचनाको हक अधिकारका लागि सवै एकजुट भएर अघि वढ्नुपर्ने वताए । २८ औ स्थापना दिवसको अवसरका भएको कार्यक्रममा मिडिया नेपालका केन्द्रिय सदस्य खगेन्द अधिकारी , नेपाल निजामति कर्मचारी संघका अध्यक्ष राजेश वुढा रेडियो नेपाल कर्मचारी संघका अध्यक्ष भुपेन्द्र घर्ति लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम युनियनका अध्यक्ष ईश्वर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।