Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

गणतन्त्र दिवसमै मुख्यमन्त्रीलाई लक्षित गरी विप्लव समूहले गरायो बम विस्फोट

कालिकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गर्दै विप्लव समूहका कार्यकर्ताले बम विस्फोट गराएको छ ।

कालिकोट जिल्लाको पलाँता गाउँपालिका–९ थिर्पुमा आयोजना गरिएको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा पलाँता खेलकुद तथा पर्यटन महोत्सव उद्घाटन गरी फर्किने क्रममा मुख्यमन्त्रीलाई नै लक्षित गरी विप्लव समूहका कार्यकर्ताहरुले बम विस्फोट गराएका हुन् ।

गणतन्त्र दिवसमै मुख्यमन्त्रीलाई लक्षित गरी विप्लव समूहले गरायो बम विस्फोट

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल सहितको टोली पलाँता गाउँपालिका केन्द्रमा जिल्लास्तरीय ११औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तथा पलाँता खेलकुद तथा पर्यटन महोत्सवलाई उद्घाटन गरी हेलिप्याड स्थलमा जाने क्रममा कार्यक्रम स्थलबाट करिब डेढ किलोमिटर दूरीमा विस्फोट भएका हो ।

कार्यक्रम स्थलबाट बिस्फोट भएपछि धुँवा उडेको देखेपछि कार्यक्रममा सहभागीहरु आत्तिएका थिए । कडा सुरक्षाका बीच मुख्यमन्त्री शाही, सामाजिक विकास मन्त्री रावल लगायत टोलीलाई हेलिप्याड स्थलबाट पठाइएको हो ।

गणतन्त्र दिवसकै अवसरमा कालिकोटको महावै गाउँपालिका, जिल्ला सदरमुकाम र पलाँता खेलकुद तथा पर्यटन महोत्सव, जिल्लास्तरीय ११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता, रेडियो पलाँता आवाज र सहिद स्मृति भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कालिकोटको विकट क्षत्रका रुपमा चिनिएको पलाँता अब फेरिएको उद्घोष गरेका थिए । विप्लव समूहलाई लक्षित गर्दै उनले दुई÷चारजनाले तर्साउँदैमा द्वन्द्व निम्त्याउन नसक्ने टिप्पणी गरेका थिए ।

अन्नपुर्णपोष्ट बाट साभार