Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ सहित)

सुर्खेत २२ ज्येष्ठ ।
कर्णाली प्रदेश सरकारले आज कर्णाली प्रदेश सभा समक्ष नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले आ.व. २०७६/०७७ का लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले तयार गरेको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।


नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार यसका लागि पूर्वाधार मूल नाराका साथ खाना, नाना, र छानाको प्रबन्ध गर्ने ध्येयले नीति तथा कार्यक्रम प्रस्तुत गरिएको उल्लेख छ । कर्णाली पूर्वाधार विकास बैंक स्थापना, इन्जिनियरिङ्ग कम्पनी स्थापना, श्रमदिन अभियानलाई व्यापकता, कर्णालीको पानी सबैको लगानी, उज्यालो कर्णाली अभियानलाई जोड दिइएको छ । यसैगरि छोरी बुहारी छात्रबृत्ति, मुख्यमन्त्री महिला तथा दलित आयआर्जन कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रम, स्वास्थ्य र मनोरञ्जनका लागि खेल, नेपाली भाषा तथा साहित्य विश्व सम्मेलन, पोषण पाक शिक्षा तथा भान्सा सुधार कार्यक्रम, प्रदेशस्तरीय विकास समस्या समाधान समिति र मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति, अनुगमन निर्देशन समिति, हाम्मा कुरा हाम्मा मुख्यमन्त्री कार्यक्रमलगायत समावेश गरिएको छ ।

नीति तथा कार्यक्रमको पूर्ण पाठका लागि तलको लिंकमा क्लिक गर्नुहोस ।

karnali pradesh sarkar niti tatha karyakram 2076-2077