Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

काँग्रेसको राष्ट्रिय जागरण अभियान समापन

सुर्खेत ।
गत बैशाख २५ गतेदेखी सुर्खेतसहित देशभर शुरुभएको पहिलो चरणको अभियान आज समापन भएको छ । सुर्खेतका ९ वटै स्थानियतहरुमा अभियान संञ्चालनपछि आज पार्टी कार्यालय सुर्खेतमा अभियानको समापन गरिएको हो ।


समापन कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले जागरण अभियानले काँग्रेस भित्र उत्साह थपिएको बताएका छन । उनिहरुले अभियानले पार्टीभित्र देखिएको मनमुटाबलाई अन्त्य गरेको भन्दै अव संगठन निर्माण सबै एकजुट भएर लाग्नुपर्नेमा जोडदिएका छन । नेताहरुले यो अभियानले काँग्रेसमा नयाँ सन्देशको आशा पलाएको भन्दै अव शसक्त भएर अगाडी बढ्न् नेतृत्वलाई आग्रह गरेका छन ।
सुर्खेतका विभिन्न ठाँउबाट वीरेन्द्रनगरमा आएका नेताहरुले भावनात्मक रुपले अगाडी बढे अर्को निर्बाचनमा काँग्रेसलाई कसैले पराजित गर्न नस्कने ठोकुवा गरेका छन । उनीहरुले गाँउमा जनता एकजुट भएको तर नेताहरु गुटउपगुटमा लाग्दा पार्टी कम्मजोर बन्दै गएको भन्दै सचेत रहन आग्रह गरेका छन ।


कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा जागरण अभियानका केन्द्रिय प्रतिनिधि जीबनबहादुर शाहीले जागण अभियान पछि काँग्रेसमा जागरण पलायको बताउनुभयो । उहाँले दुईतिहाइको दम्बको नाममा सरकार मनपरि रुपमा अगाढी बढेको भन्दै अव काँग्रेस जुरुमुराउने बेला आएको बताउनुभयो ।
उहाँले पाटी भित्र भएका कमी कम्मजोरीलाई सुधार गरेपछि काँग्रेस भविष्य भएको भन्दै संगठन निर्माणमा जुट्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्षदलका नेता समेत रहनुभएका शाहीले वर्तमान सरकार जनता आधारभुत आबश्यता पुरागर्न छोडेर भाषणमा रुमलिएको आरोप लगाउनुभयो । उहाँले काँग्रेसले गरेको राम्रो कामको प्रचारप्रशारण गर्न नसक्दा त्यसको फाईदा विपक्षले बताउनुभयो ।


कार्यक्रममा नेपाली काँग्रेसक भातृ तथा शुभेच्छुक संस्था प्रतिनिधिहरु, क्षेत्रिय सभापतिहरु, लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम नेपाली काँग्रेस सुर्खेतका सभापती कमलराज रेग्मीको सभापतित्तमा सम्पन्न भएको हो ।

यसैगरी दैलेखमा पार्टीका पूर्वमहामन्त्री प्रकाशमान श्रेष्ठले पार्टीको जागरण अभियानलाई सम्बोधन गर्नुभएको छ ।